बिहिबार, बैशाख १७, २०८३
Thursday, April 30, 2026
Home Featured News काठमाण्डौका नदी किनारका सबै अतिक्रमित बस्तीमा डोजर चल्ने

काठमाण्डौका नदी किनारका सबै अतिक्रमित बस्तीमा डोजर चल्ने

by sambridhaonline

बैसाख १७, पोखरा – काठमाण्डौका नदीकिनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । भोलि बिहान ७ बजेदेखि त्यस्ता संरचना एकै पटक खाली गराउने जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डौले सूचना निकालेर काठमाण्डौका नदीकिनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका तथा अनधिकृत संरचनामा डोजर चलाउने र खाली गराउने जनाएको हो । काठमाण्डौ जिल्लाभित्र नदीकिनारका बस्ती एवं सरकारी, पर्ति, सार्वजनिक वा व्यक्तिको निजी स्वामित्वका जग्गा समेत अतिक्रमण गरी अनाधिकृत रुपमा बसोबास भई आएका र त्यस्ता बस्ती तथा संरचना क्षेत्र खाली गर्ने प्रशासनले जनाएको छ ।

काठमाण्डौ महानगरको वडा–३ खाडीपाखा, नारायणटोल र रानीबारी, वडा–४ को बालुवाटार र धुम्बाराहीको बस्ती, वडा–१० देवीनगर, शान्तिविनायक र शंखमुल, वडा–११ को वंशीघाट, वडा–१४ को जागरणमार्ग, वडा–१५ को स्वयम्भु, वडा–१६ को बुद्धज्योति र जागृतिमार्ग, वडा–२६ को संगम टोल, वडा–२९ को अनामनगर र वडा–३२ को जडीबुटी मिलनचोकमा डोजर चलाउने तयारी छ ।

डोजर चलाउन लागिएका केही ठाउँमा माइकिङ समेत गरिएको छ । ती क्षेत्रका बासिन्दालाई प्रशासनले विभिन्न १३ काम तत्काल गर्न भनेको छ । आज बेलुकासम्म पूर्ण रुपमा घर टहरा खाली गर्नुपर्ने र वास्तविक रुपमा आश्रय लिनुपर्ने व्यक्ति तथा परिवारलाई सरकारले तत्काल व्यवस्थापन गरेको ठाउँमा बसोबासको व्यवस्था मिलाइने उल्लेख छ ।

यसअघि सरकारले थापाथाली, गैरीगाउँ (शान्तिनगर) र भक्तपुरको मनोहरा बस्तीमा डोजर चलाएर खाली गरिसकेको छ । यी ठाउँमा झण्डै २ हजार घरटहरा तथा संरचना भत्काइएको छ भने झण्डै १० हजार मानिस प्रभावित भएका छन् ।

You may also like

Leave a Comment

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline