बुधबार, अशोज ७, २०८३
Wednesday, September 23, 2026
Home Featured News रोल्पामा भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या २० जना पुग्यो

रोल्पामा भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या २० जना पुग्यो

by sambridhaonline

बैशाख १८,पोखरा – रोल्पामा भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या २० जना पुगेको छ ।

उद्धार तथा खोजीका क्रममा २० जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा ज्यान गुमाउनेको सनाखत हुन सकेको छैन ।

दुर्घटनामा रुकुम पूर्वका सिस्ने गाउँपालिका–५ का ३२ वर्षीय समीर कामी घाइते भएको र उहाँको आधारभूत जलजला अस्पताल थवाङमा उपचार भइरहेको छ । रुकुम पूर्वबाट रोल्पाको थवाङ गाउँपालिकाको जलजलाका लागि छुटेको लु १ ज ४१६७ नम्बरको जीप हिजो दिउँसो रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापको भिरबाट ८०० मिटर तल खसेर दुर्घटना भएको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो ।

जलजलामा वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेलामा सहभागी हुन जाने तीर्थयात्री चढेको जीप दुर्घटना भएको हो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline