सोमवार, बैशाख २१, २०८३
Monday, May 4, 2026
Home Featured News पोखरामा आफ्नै बुबाको हत्या आरोपी पक्राउ

पोखरामा आफ्नै बुबाको हत्या आरोपी पक्राउ

by sambridhaonline

बैशाख २१ , पोखरा – जिल्ला प्रहरी कार्यालय कास्कीले आफ्नै बुबाको हत्या गरी फरार रहेका एक व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ । कास्कीको रुपा गाउँपालिका वडा नम्बर ४ बागेडाँडा बस्ने ६२ वर्षीय रामबहादुर भुजेलको हत्या गरेको अभियोगमा उनका ३४ वर्षीय छोरा भिम बहादुर भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी हरिबहादुर बस्नेतका अनुसार गत वैशाख १७ गते साँझ करिब ६ बजेर ४५ मिनेटमा रामबहादुर भुजेल आफ्नै घरमा अचेत अवस्थामा फेला परेका थिए । उनको घाँटीमा गलबन्दी बेरिएको र नाकबाट रगत बगेको अवस्थामा फेला परेपछि ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले घटनास्थलको प्रारम्भिक अनुसन्धान गरेको थियो । पोष्टमार्टमका लागि मृतकको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पठाइएको थियो ।

घटनाको अनुसन्धानका क्रममा कोठाको ढोका खुल्लै रहेको र मृतकको घाँटीमा कसिलो गरी गलबन्दी बेरिएको पाइएपछि प्रहरीले कर्तव्य ज्यानको आशंकामा खोजतलास सुरु गरेको थियो । अनुसन्धानको क्रममा आफ्नै कान्छो छोरा भीमबहादुरको संलग्नता देखिएपछि प्रहरीले उनलाई वैशाख १८ गते पोखरा महानगरपालिका वडा नम्बर ११ हस्पिटल चोकबाट पक्राउ गरिएको डिएसपी बस्नेतले जानकारी दिनुभयो ।

पक्राउ परेका भीमबहादुर भुजेल विरुद्ध मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ ज्यान सम्बन्धी कसूर अन्तर्गत दफा १७७ बमोजिम कारवाही प्रक्रिया अगाडि बढाइएको छ । जिल्ला अदालत कास्कीबाट १० दिनको म्याद थप गरी उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

You may also like

Leave a Comment

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline