10
बैशाख ३० , पोखरा – /कास्की प्रहरीले एक लागुऔषक कारोबारीको साथबाट एसएलआरको जंगी लाइभ गोली बरामद गरेको छ । एसएलआर सुरक्षाकर्मीले प्रयोग गर्ने घातक हतियार हो ।
पक्राउ पर्नेमा लमजुङको क्होंलासोथर गाउँपालिका ९ घर भइ हाल पोखरा ११ रानीपौवा बस्ने २६ वर्षीय सागर थापा रहेका छन् । उनको साथबाट लागुऔषध पनि बरामद भएको कास्की प्रहरीले जनाएको छ ।