शनिबार, साउन १६, २०८३
Saturday, August 1, 2026
Home Featured News चितवनमा जङ्गली च्याउ खाँदा २ जनाकाे ज्यान गयाे

चितवनमा जङ्गली च्याउ खाँदा २ जनाकाे ज्यान गयाे

by sambridhaonline

जेष्ठ ३ , पोखरा – चितवनमा जङ्गली च्याउ खाँदा दुई जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन्द्र खनालका अनुसार इच्छाकामना गाउँपालिका वडा नम्बर १ कुलबाङका ९ वर्षीया नमुना चेपाङ र ११ वर्षीय सञ्जय चेपाङको ज्यान गएको हो ।

वैशाख २९ गते श्यामबहादुर चेपाङको परिवारका ५ जनाले जङ्गली च्याउ खाएकामध्ये ३ जना बिरामी परी भरतपुर अस्पताल भर्ना गरिएका थिए । उपचाररत १३ वर्षीया मनिता चेपाङको अवस्था गम्भीर रहेको छ ।

च्याउ विज्ञ डा. मित्र पाठकका अनुसार नेपालमा पत्ता लागेका झन्डै १३ सय प्रजातिका च्याउमध्ये १०० प्रजाति विषालु छन् । नमीठो वा तीतो गन्ध आउने, रङ्गीचङ्गी देखिने, भाँच्दा दूध निस्कने वा छुँदा रङ्ग फेरिने च्याउ विषालु हुन सक्छन् । विषालु च्याउ खाएपछि बान्ता, पखाला, जिब्रो सुन्निने र बेहोस हुनेजस्ता लक्षण देखिन्छन् । यस्तो भएमा तुरुन्त नजिकको स्वास्थ्य केन्द्र लैजान उहाँको सुझाव छ ।

च्याउ पकाउँदा चाँदी डुबाउने वा खरानी हाल्दा विष हराउँछ भन्ने भ्रममा नपर्न पाठकले सुझाव दिनुभएको छ । नचिनेको च्याउ नखानु नै उत्तम उपाय हो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline