बुधबार, अशोज ७, २०८३
Wednesday, September 23, 2026
Home Featured News पुरुषोत्तम अधिकमाशको पहिलो दिन देशभरका महायोगी सिद्धबाबा आश्रममा विभिन्न कार्यक्रम सम्पन्न

पुरुषोत्तम अधिकमाशको पहिलो दिन देशभरका महायोगी सिद्धबाबा आश्रममा विभिन्न कार्यक्रम सम्पन्न

by sambridhaonline

जेष्ठ ४ , पोखरा – हिजो जेष्ठ ३ गते देखि असार १ गतेसम्म पुरुषोत्तम अधिक मास पर्न गएको छ । हिन्दु वैदिक पात्रोमा हरेक २ वर्ष ८ महिनामा एक अधिक मास पर्न आउने गर्दछ । चन्द्र वर्ष ३ सय ५४ दिनको हुने र सौर्य वर्ष ३ सय ६५ दिनको हुने हुँदा हरेक वर्ष चन्द्र वर्ष र सौर्य वर्ष विच ११ दिनको फरक पर्न गई हरेक २ वर्ष ८ महिनामा एक महिनाको अन्तर पर्न जान्छ । यसलाई मिलाउन चन्द्र वर्षमा एक महिना थप हुन जान्छ, जसलाई वैदिक हिन्दु पात्रोमा अधिकमास भनिएको छ । सामान्यतः अधिकमास जेष्ठ, असार र श्रावण महिनामा पर्न जाने क्रममा यस वर्ष जेष्ठ महिनामा परेको हो ।

जगतगुरु महायोगी सिद्धबाबाको अनुसार अधिक मास भगवान् श्रीहरिको विशेष कृपा प्राप्त गर्ने अत्यन्त दुर्लभ, पुण्यदायी र मोक्षप्रद मास हो । शास्त्रहरूमा यस मासलाई साधना, व्रत, जप, तप, दान, कथा–श्रवण, श्रीमद्भागवत–गीता पारायण, हरिनाम संकीर्तन तथा भगवान् पुरुषोत्तमको विशेष पूजा–आराधनाको लागि सर्वश्रेष्ठ काल मानिएको छ ।

जगतगुरु सिद्धबाबाका अनुसार अन्य समयमा गरिएका पुण्य कर्म भन्दा पुरुषोत्तम मासमा श्रद्धा–भक्ति सहित गरिएको सानो साधना पनि अक्षय फलदायी हुन्छ । यस मासमा भगवान् श्रीपुरुषोत्तमको आराधना, व्रत, कथा, सत्सङ्ग, अन्नदान, सन्त–सेवा तथा नामस्मरण गर्दा पापक्षय, मनशुद्धि, परिवारमा मंगल, समाजमा सद्भाव र जीवनमा भगवत्कृपाको विशेष अनुभूति प्राप्त हुनेछ । मलामासमा धार्मिक अनुष्ठान गर्नु हुँदैन भन्ने समाजमा भ्रम रहेको सन्दर्भमा जगतगुरुले अधिक मास अवधिमा विवाह, व्रतवन्ध, गृह प्रारम्भ, गृह प्रवेश जस्ता उत्सवजन्य मांगलिक कार्यहरु गर्न फलदायी नहुने वताउनु भएको छ ।

अधिकमासको पावन अवसरलाई शास्त्रसम्मत, व्यवस्थित, मर्यादित र समाजोपयोगी रूपमा सम्पन्न गर्न महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान नेपालले देशभरका आफ्नो शाखाहरुमा पुरुषोत्तम मास व्रत अनुष्ठानहरु सञ्चालन गर्ने भएको छ । प्रतिष्ठानका केन्द्रिय कार्यालय चतरा सुनसरीको साथमा देशभरका शाखाहरुमा पुरुषोत्तम मासभर हिमालय ध्यान साधनाको साथमा पुरुषोत्तम मास अनुष्ठान, रामार्चन यज्ञ आयोजना, दैनिक ठाकुरजीको विशेष पुजा आरादना एवम् पुरुषोत्तममास महात्म्य कथा प्रवचन हुनेछन् । काठमाण्डौ, पोखरा, चितवन, सुर्खेत, पर्वत, टिकापुर, जुम्ला लगायत शाखाले महिनाभर उल्लेखित कार्यक्रमहरु सञ्चालन गर्ने र हरेक शाखाको कार्यक्रममा जगतगुरु महायोगी सिद्धबाबाको प्रतक्ष्य सहभागितामा विशेष कृपा हुने केन्द्रिय अनुष्ठान व्यवस्थापन समितिका सदस्य विश्व प्रकाश प्रसाई रेशम रामदासले वताउनु भएको छ ।

प्रसाईको अनुसार देशभरका शाखामा अधिकमासको पहिलो दिन जेष्ठ ३ गते प्रभातकारी कार्यक्रम सम्पन्न भएकाछन् । प्रभातफेरी पश्चात सवै आश्रमहरुमा नियमित साधनाको साथै यज्ञ अनुष्ठान यजमानहरुवाट संकल्प सहित पाठपरायण भएका छन् । उहाँको अनुसार महिनाभर गुरुदेवको आश्रमहरुमा यज्ञ अनुष्ठानको साथमा नियमित भण्डारा सेवा पनि सञ्चालन हुनेछ ।

विभिन्न शास्त्र पुराणमा उल्लेख भए अनुसार अरु समयमा १ सय वर्ष तपस्याले पाईने फल यस मासमा एक दिनको वर्त अनुस्थानवाट नै प्राप्त हुने उहाँले वताउनु भयो । उहाँका अनुसार संभवभए महिनाभर, संभव नहुनेले महिनाको कुनै दिन आश्रममा गएर यज्ञ संकल्प गरी पुण्य हासिल गर्न सक्नुहुनेछ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline