शुक्रबार, साउन १५, २०८३
Friday, July 31, 2026
Home Featured News असार १ देखि नै ११ कक्षाको पठनपाठन सुरु गरिने शिक्षा मन्त्रालयको तयारी

असार १ देखि नै ११ कक्षाको पठनपाठन सुरु गरिने शिक्षा मन्त्रालयको तयारी

by sambridhaonline

जेष्ठ ६ , पोखरा – कक्षा ११ को पठनपाठन १ असारदेखि हुने भएको छ । शिक्षा मन्त्रालयले १ आसारदेखि सुरु गर्ने कार्ययोजना तयार पारेको छ ।

माध्यमिक शिक्षा (एसईई) को नतिजा छिट्टै प्रकाशित भएकाले ११ को कक्षा पनि छिट्टै सुरु गर्न लागिएको हो । १ असारदेखि कक्षा सुरु गर्ने तयारी छ, फाइल तयार भएको छ, केही दिनमा निर्णय हुने शिक्षा मन्त्रालयका सहसचिव रूद्रप्रसाद अधिकारीले बताउनुभयो । यसवर्षको एसईईको नतिजा २९ दिनमा प्रकाशित भएको थियो । २८ वैशाखमा नतिजा प्रकाशित भएपछि अहिले विद्यालयहरूले धमाधम विद्यार्थी भर्ना गरिरहेका छन् । शैक्षिक सत्रलाई ढिलाइ हुन नदिन र विद्यार्थीहरूको सिकाइ प्रक्रियालाई समयमै अगाडि बढाउन लागिएको हो ।

सामुदायिक र निजी विद्यालयहरूले पनि १ असारदेखि कक्षा सञ्चालन गर्नेगरी तयारी गरिरहेका छन् । यसवर्षको शैक्षिकसत्र १५ वैशाखबाट सुरु भएको थियो । ढिलागरी शैक्षिकसत्र सुरु भएपनि विद्यार्थीको सिकाइमा प्रभावित नहुनेगरी योजना सरकारले ल्याएको छ । हिउँदे र वर्षे बिदा कटौतीका साथै शुक्रबार पनि पूरा समय पढाउने योजना सरकारले ल्याएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline