मङ्लबार, अशोज ६, २०८३
Tuesday, September 22, 2026
Home Featured News स्याङ्जामा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी :२८ वर्षीय युबक एकजना पक्राउ

स्याङ्जामा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी :२८ वर्षीय युबक एकजना पक्राउ

by sambridhaonline

जेष्ठ ५, पोखरा – स्याङ्जामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । स्याङ्जाको हरिनास गाउँपालिका–६ मा भएको घटनापछि प्रहरीले आरोपितलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार गत शुक्रबार राति करिब ११ बजेतिर हरिनास गाउँपालिका-६ निवासी १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी भएको भन्ने सूचना प्रहरीमा पुगेपछि तत्काल प्रहरी परिचालन गरिएको थियो ।

घटनापछि जिल्ला प्रहरी कार्यालय स्याङ्जा र इलाका प्रहरी कार्यालय चिसापानीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले आरोपित २८ वर्षीय सन्दीप विकलाई शनिबार पक्राउ गरेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिनुभयो । उहाका अनुसार पक्राउ परेका विक पनि हरिनास गाउँपालिका–६ कै स्थायी बासिन्दा हुन् । उनलाई घटनास्थल आसपासबाट नियन्त्रणमा लिइएको र अहिले जबरजस्ती करणी कसूरअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।घटनापछि पीडित बालिकाको स्वास्थ्य परीक्षणसहित आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । बालिकाको अवस्थाबारे थप विवरण भने सार्वजनिक गरिएको छैन । बालअधिकार र संवेदनशीलतासँग जोडिएको विषय भएकाले पीडितको पहिचान खुल्ने कुनै पनि विवरण सार्वजनिक नगरिएको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डिएसपी चौधरीले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान भइरहेको बताउनुभयो । उहाका अनुसार पक्राउ परेका व्यक्तिविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ । प्रहरीले आइतबार स्याङ्जा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान अघि बढाएको जनाएको छ । घटनासँग सम्बन्धित थप प्रमाण संकलन, बयान तथा अन्य प्रक्रिया जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline