सोमवार, अशोज ५, २०८३
Monday, September 21, 2026
Home Featured News यात्रु अभावमा बुद्ध एयरको पोखरा–भरतपुर उडान बन्द

यात्रु अभावमा बुद्ध एयरको पोखरा–भरतपुर उडान बन्द

by sambridhaonline

जेष्ठ ८ , पोखरा – निजी क्षेत्रको वायुसेवा प्रदायक बुद्ध एयरले दुई प्रमुख पर्यटकीय गन्तव्य चितवन र पोखरा जोड्ने हवाई सेवा बन्द गरेको छ । यात्रुको संख्या निकै कम भएपछि बुद्धले विगत १ महिनादेखि भरतपुर–पोखरा उडान रोकेको हो । बुद्ध एयर भरतपुरका स्टेशन म्यानेजर भक्त बस्नेतले हाललाई यो सेवा स्थगित गरिएको जानकारी दिनुभयो ।

उहाका अनुसार जहाजमा यात्रुको संख्या ज्यादै न्यून हुनु, हवाई भाडा बढ्नु र पोखरा–मुग्लिन सडकखण्डको अवस्था सुधार हुनु उडान बन्द गर्नुका मुख्य कारण हुन् । ‘केही समय यात्रु नहुँदा पनि सेवा दिइयो तर सधैँ खाली जहाज उडाउन सकिएन,’ बस्नेतले भन्नुभयो । उहाले पोखरा र भरतपुर दुवै पर्यटकीय क्षेत्र भएकाले पर्यटकलाई लक्षित गरी उडान सुरु गरे पनि सोचे जस्तो नतिजा नआएको बताउनुभयो । नियमित उडान रोकिए पनि पोखरा जाने वा चितवन आउने ठूलो समूह भएमा भने उडान गर्न सकिने बस्नेतले जानकारी दिनुभयो ।

चितवन र पोखराका पर्यटन तथा होटल व्यवसायीहरूको विशेष अनुरोधमा बुद्ध एयरले २०७४ भदौ ३० गतेदेखि भरतपुर–पोखरा उडान सुरु गरेको थियो । पछिल्लो ७ वर्षदेखि बुद्धको जहाजले यी दुई सहरबिच सम्पर्क गराउँदै आएको थियो । तर सडक मार्गको स्तरोन्नतिसँगै यात्रुहरूले मोटर यात्रा रोज्न थालेपछि हवाई सेवा संकटमा परेको हो । व्यवसायीको पहलमा सुरु भएको यो सेवा बन्द हुँदा दुई पर्यटकीय सहरबिचको सीधा हवाई सम्पर्क टुटेको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline