बिहिबार, साउन १४, २०८३
Thursday, July 30, 2026
Home Featured News देशभर गर्मी बढ्दै,आज केही ठाउँमा पानी पर्ने सम्भावना

देशभर गर्मी बढ्दै,आज केही ठाउँमा पानी पर्ने सम्भावना

by sambridhaonline

जेष्ठ ११ , पोखरा – हिजो वर्षा कम भएपछि देशैभर गर्मी बढेको छ । अरु ठाउँको तुलनामा पश्चिम तराईमा गर्मी धेरै छ । त्यहाँ केही दिनदेखि तातो हावा र तातो लहर चलेको छ । आज र भोलि पनि लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा तातो हावा र तातो लहर चल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेश केही ठाउँहहरूमा, मधेश प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै ठाउँहरुमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ ।

तराईमा केही दिनदेखि बढिरहेको गर्मीले जनजीवन कष्टकर बनाएको छ । दिउँसोको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेपछि पश्चिम तराईका नेपालगन्ज, धनगढी, दिपायललगायतका क्षेत्रका बासिन्दा बढी प्रभावित भएका छन् ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका सबैजसो जिल्लामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्यसको नजिक छ । तापक्रम बढेसँगै तातो हावा चलिरहेको छ । तापक्रम बढेपछि अस्पतालहरुमा बिरामीको चाप बढेको छ ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गर्मी बढेको बेला पर्याप्त पानी पिउन र दिउँसो बाहिरको काम सकेसम्म कम गर्न आग्रह गरेको छ । यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटुको धड्कन बढेमा, श्वासप्रश्वासमा समस्या, कम रक्तचाप, पसिना नआउने, गम्भीर टाउको दुख्ने, वाकवाकी वा उच्च ज्वरो देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा जान आग्रह गरेको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline