बुधबार, साउन १३, २०८३
Wednesday, July 29, 2026
Home Featured News नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लि. को प्रगति समिक्षा तथा योजना गोष्ठी सञ्चालन

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लि. को प्रगति समिक्षा तथा योजना गोष्ठी सञ्चालन

by sambridhaonline

जेष्ठ १८ , पोखरा – गरिवी न्यूनिकरणको क्षेत्रमा अग्रणी लघुवित्त संस्थाको रुपमा स्थापित नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्षको प्रगति समिक्षा तथा आगामी आर्थिक वर्ष २०८३÷०८४ को योजना तर्जुमा गोष्ठी आइतबार देखि कुश्मावजारमा शुभारम्भ भएको छ । संस्थाको कुल ६० वटा शाखा कार्यालयहरु मध्ये यस गोष्ठीमा २९ वटा शाखाको शाखा प्रवन्धकहरुको साथै केन्द्रीय कार्यालय समेत गरी ४५ जनाको सहभागिता रहेको छ ।

गोष्ठीको शुभारम्भ कार्यक्रममा सहजीकरण मन्तव्य राख्नु हुँदै नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईले गरिवीको जरासम्म पुगेर चेतना विकास, सामुदायिक संगठन हुँदै आर्थिक समृद्धिसम्म योगदान गर्ने एकमात्र एकिकृत सेवा लघुवित्त भएकोले अझै केही दशक लघुवित्तको सान्र्दाभिकता रहने वताउनु भयो । लघुवित्तले परिवार तहको गरिवी न्यूनिकरण गर्दै राष्ट्रिय समृद्धिमा योगदान पुराउँदै आएता पनि योगदानको महत्व वुझाउन अझै नसकिएको वताउनु भयो । लघुवित्त क्षेत्रमा विद्यमान चुनौतीहरुको वारेमा वोल्दै संस्थापक अध्यक्ष प्रसाईले संस्थाका कर्मचारी एवम् सेवाका हकवाला महिला दिदी वहिनीहरुमा अध्याम्मिक चिन्तन, वैदिक सनातनी संस्कार, विज्ञानसंवत सीप दक्षता विकासमा जोड दिनु भन्दै राष्ट्रिय समृद्धिको लागि राजनीतिक शुसासनको क्षेत्रमा पनि लघुवित्तले आवाज उठाउनुपर्ने वताउनु भयो । उहाँले गरिवको मतले सत्तामा जानेहरुले गरिवमा विद्यमान गरिवीको अन्त्यको लागि गरिवमुखी कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनु भयो । लघुवित्त विज्ञ प्रसाईको अनुसार आफ्नो सेवा र प्रक्रियालाई पुनरावलोकन गरी परम्परागत लघुवित्तवाट माथि उठनु पर्ने वेला आएको छ ।

गोष्ठीको शुभारम्भ संस्थाका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार आचार्यको अध्यक्षता, वरिष्ठ प्रवन्धक युधिष्ठिर भुषालको स्वागत अधिकृत अनिता सोतीको संस्थागत प्रतिज्ञा एवम् मानव शंसाधन विकास विभागका प्रमुख उत्तम प्रसाद अधिकारीको सञ्चालनमा सम्पन्न भएको रेडियो समृद्ध सहकर्मी खिममायाँ पाईजा गिरीले प्रृेष्ति गर्नु भएको समाचारमा जनाइएको छ । उहाँको अनुसार गोष्ठी सोमबार सम्पन्न हुने छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline