बुधबार, साउन १३, २०८३
Wednesday, July 29, 2026
Home Featured News नेष्डो समृद्धको नायव कार्यकारी प्रमुखमा युधिष्ठि भुषाल नियुक्ती, कार्य सम्पादन राम्रो हुने कर्मचारीको पदोन्नती

नेष्डो समृद्धको नायव कार्यकारी प्रमुखमा युधिष्ठि भुषाल नियुक्ती, कार्य सम्पादन राम्रो हुने कर्मचारीको पदोन्नती

एक समारोहका विच संस्थापक अध्यक्ष प्रसाईद्वारा नियुक्ती हस्तान्तरण एवम् शुभकामना प्रदान

by sambridhaonline

जेष्ठ १९ , पोखरा – पर्वत जिल्लामा केन्द्रिय कार्यालय रही देशका १७ वटा जिल्लामा ६० वटा शाखा कार्यालय मार्फत झण्डै ८० हजार वन्चितीमा परेका परिवारलाई घरदैलोमा सेवा प्रवाह गर्दै आएको नेष्डो समृद्ध लघुवित्त वित्तीय सस्था लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा युधिष्ठिर शर्मा भुषाल नियुक्त हुनु भएको छ । गत जेष्ठ १३ गतेको सञ्चालक समितिले उहाँलाई सो पदमा पदोन्नती गर्ने निर्णय गरेको थियो । उत्काल विश्वविद्यालय भारतवाट वाणिज्य शास्त्रमा स्नाताकोत्तर गर्नु भएका भुषालले वि.स. २०६२ सालमा लेखा अधिकृतको जिम्मेवारीवाट नेष्डो नेपालमा सेवा प्रवेश गर्नु भएको थियो ।
लघुवित्त क्षेत्रमा २१ वर्षको अनुभव हासिल गर्नु भएका भुषालले शाखा प्रवन्धक, वित्त अधिकृत, सुचना व्यवस्थापन विभाग प्रमुख हुँदै विगत केही समय कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको समेत जिम्मेवारी सम्हाल्नु भएको थियो । यस साथै नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले संस्थामा लामो समय देखि प्रभावकारी सेवा गर्दै आउनु भएका केन्द्र प्रवन्धक देखि वरिष्ठ प्रवन्धकसम्मका कर्मचारीको पदोन्नती गरेको छ ।

नवनियुक्त नायव प्रमुख कार्यकारी अधिकृत युधिष्ठिर शर्मा भुषाल लगायत पदोन्नती हुनु भएका कर्मचारीहरुलाई संस्थाका संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईले एक समारोहको विच नियुक्तपत्र वितरण गर्नु भएको छ । नियुक्ती हस्तान्तरण गर्दै प्रसाईले कार्य सम्पादन मुल्यांकनको आधारमा गरिएको यस पदोन्नतीले कर्मचारीहरुमा कार्य प्रोत्साहन हुने र भविस्यमा संस्थाको गरिवी न्यूनिकरणेको लक्ष्य पुरा गर्न टेवा पुग्ने वताउनु भएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline