बुधबार, साउन १३, २०८३
Wednesday, July 29, 2026
Home Featured News दैलेखमा बुबाको कुटपिटबाट छोराको ज्यान गयो

दैलेखमा बुबाको कुटपिटबाट छोराको ज्यान गयो

by sambridhaonline

जेष्ठ २० , पोखरा – दैलेखमा बुबाले कुटपिट गर्दा छोराको ज्यान गएको छ ।

जिल्ला सदरमुकाम नारायण नगरपालिका–९ सालखर्कका ७३ वर्षीय कविराज थापाले ४४ वर्षीय छोरा यादव थापालाई गए राति कुटपिट गरेका थिए । पारिवारिक विवादमा कुटपिट भएको र छोरा यादवको गर्धन, पाखुरालगायत शरीरका विभिन्न भागमा चोट लागेको थियो । घाइते अवस्थामा उपचारका लागि दैलेख अस्पताल पुर्‍याउँदै गर्दा छोरा यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक पुष्पराज रोकायले जानकारी दिनुभयो ।

कुटपिटमा संलग्न कविराजलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline