बुधबार, साउन १३, २०८३
Wednesday, July 29, 2026
Home Featured News पाेखरा महानगरले ल्यायाे ७ अर्ब १५ कराेडकाे बजेट

पाेखरा महानगरले ल्यायाे ७ अर्ब १५ कराेडकाे बजेट

by sambridhaonline

असार ५ , पोखरा – पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब १५ करोड २५ लाख रुपैयाँको बजेट ल्याएको छ । पोखरा महानगरका मेयर धनराज आचार्यले बिहीबार नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने शुक्रबार उपमेयर मञ्जुदेवी गुरुङले १९औं नगर सभामा बजेट सार्वजनिक गर्नुभएको हो । समुन्नत पर्यटकीय पोखरा निर्माण गर्ने साझा लक्ष्यसहित महानगरपालिकाले चालुतर्फ ५५.१ प्रतिशत र पूँजीगत खर्चतर्फ ४४.९ प्रतिशत छ ।

बजेटको स्रोत व्यवस्थापनका लागि संघीय सरकारको वित्तीय हस्तान्तरणबाट कुल ३ अर्ब १८ करोड ६० लाख रुपैयाँ प्राप्त हुने अनुमान छ । जसमा सशर्त अनुदानबापत २ अर्ब ६१ करोड ९१ लाख, विशेष अनुदान ५ करोड ५० लाख, पूरक अनुदान १ करोड ८२ लाख, र समानीकरण अनुदान ४९ करोड ३७ लाख रुपैयाँ समावेश छन् । यस्तै, गण्डकी प्रदेश सरकारको वित्तीय हस्तान्तरणतर्फ ९ करोड १५ लाख ३६ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। जसमा समपूरक अनुदान ६० लाख, विशेष अनुदान ४० लाख, र समानीकरण अनुदान ८ करोड १५ लाख ३६ हजार रुपैयाँ छ । महानगरले आगामी वर्ष आन्तरिक र अन्य स्रोतहरूबाट २ अर्ब ४८ करोड ७३ लाख ९१ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ

राजस्व बाँडफाँटतर्फ संघीय सरकारबाट ३४ करोड ३४ लाख ७३ हजार, गण्डकी प्रदेशबाट ४ करोड ९ लाख ८६ हजार र स्थानीय सरकारतर्फ १ अर्ब ३१ लाख १४ हजार रुपैयाँ प्राप्त भई कुल आन्तरिक आय ३ अर्ब ८७ करोड ४९ लाख ६४ हजार रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ । पोखरा महानगरपालिकाले चालु आर्थिक वर्षमा ८ अर्ब ३५ करोड १२ लाख रुपैयाँको बजेट ल्याएको थियो । बजेटको स्रोतमध्ये संघीय सरकारबाट प्राप्त हुने अनुदान र बाँडफाँट गरेर ३ अर्ब १३ करोड र महानगरको आन्तरिक आयबाट ५ अर्ब २२ करोड रुपैयाँ बेहोर्ने अनुमान गरिएको थियो।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline