बुधबार, साउन १३, २०८३
Wednesday, July 29, 2026
Home Featured News चितवनमा भोलिदेखि शुरु हुने रास्वपा महाधिवेशनको तयारी अन्तिम चरणमा

चितवनमा भोलिदेखि शुरु हुने रास्वपा महाधिवेशनको तयारी अन्तिम चरणमा

by sambridhaonline

असार ६ , पोखरा – सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भोलिदेखि चितवनमा शुरु हुने महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । महाधिवेशनको उद्घाटन कार्यक्रम भरतपुरको गेस्टहाउस चौरमा हुनेछ भने बन्द सत्र चितवन उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रमा सञ्चालन गरिनेछ ।

घामपानी छेक्ने छानोसहितको ‘जर्मन ह्यांगर’भित्र उदघाटन कार्यक्रम हुने भएको हो । मंगलबारसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । रास्वपाले केन्द्रीय समितिको संख्या बढाउने र विधानमा वरिष्ठ नेताको प्रावधान राख्ने निर्णय गरिसकेको छ ।

केन्द्रीय सदस्य संख्या १ सय ५८ बनाउने निर्णय भएको हो । यस्तै पदाधिकारीमा सभापति १, वरिष्ठ नेता १, उपसभापति ३ (१ महिला), महामन्त्री २, सहमहामन्त्री ५ (१ महिला), प्रवक्ता १, सहप्रवक्ता ३ (१ महिला), कोषाध्यक्ष १, सहकोषाध्यक्ष २ (१ महिला) हुनेछन् ।

महाधिवेशनमार्फत नेतृत्व चयन र आगामी राजनीतिक दिशा तय गर्ने रास्वपाले जनाएको छ । रास्वपामा ३ हजार हाराहारीमा महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline