बुधबार, साउन १३, २०८३
Wednesday, July 29, 2026
Home Featured News चितवनको भरतपुरमा ट्रक र स्कुटर ठोक्किँदा २ जनाको मृत्यु

चितवनको भरतपुरमा ट्रक र स्कुटर ठोक्किँदा २ जनाको मृत्यु

by sambridhaonline

असार ८ , पोखरा – चितवनको भरतपुर महानगरपालिका-१५ मा ट्रकमा स्कुटर ठोक्किँदा २ जनाको मृत्यु भएको छ । चितवनको भरतपुर महानगरपालिका-१५ स्थित अतिथि पार्टी प्यालेस नजिक सडकमा ना५ ख ५८१६ नम्बरको ट्रकमा बा.प्र-०६-००४ प ७२४८ नम्बरको स्कुटर ठोक्किएर दुर्घटना भएको थियो ।

सोमबार बिहान भएको दुर्घटनामा स्कुटरमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा स्कुटर चालक सोही महानगरपालिका-२६ दिव्यनगरका २२ वर्षीय अशोक भण्डारी र स्कुटरमा सवार सोही महानगरपालिका-२० बस्ने लमजुङ घर भएका १९ वर्षीय राजीव गुरूङ रहेका छन्

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline