बुधबार, साउन १३, २०८३
Wednesday, July 29, 2026
Home Featured News फेवातालमा डुबेर बेपत्ता भएका १९ वर्षीय युबकको शव फेला

फेवातालमा डुबेर बेपत्ता भएका १९ वर्षीय युबकको शव फेला

by sambridhaonline

असार १० , पोखरा – फेवातालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका युवकको शव फेला परेको छ । सशस्त्र प्रहरीको गोताखोर टोलीले मंगलबार राति करिब ९ः१० बजे शव फेला पारेको हो । मृतक पोखरा महानगरपालिका १५ रामबजार बस्ने १९ वर्षीय अमर थापा क्षेत्री हुन् । उनी साँझ ७ बजेतिर पोखरा ६ स्थित फेवातालमा पौडी खेल्ने क्रममा डुबेका थिए ।

घटनाको जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीबाट गोताखोर सहितको टोली परिचालन भयो । टोलीले तालमा खोजी गर्ने क्रममा करिब २५ फिट गहिराइबाट अमरको शव बाहिर निकालेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले यसबारे जानकारी दिनुभयो।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline