बुधबार, साउन १३, २०८३
Wednesday, July 29, 2026
Home Featured News रास्वपामा ९९ निर्वाचित केन्द्रीय सदस्यमध्ये ४९ महिला

रास्वपामा ९९ निर्वाचित केन्द्रीय सदस्यमध्ये ४९ महिला

by sambridhaonline

असार १२ पाेखरा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचित केन्द्रीय सदस्यमा झन्डै आधा महिला प्रतिनिधित्व भएको छ । निर्वाचित ९९ सदस्यीय केन्द्रीय सदस्यमा ४९ जना महिला उम्मेदवार विजयी भएका हुन् । यो प्रतिशतका हिसाबले ४९.४९ प्रतिशत हो ।

बिहीबार भएको निर्वाचनमा ३८४ जना उम्मेदवार थिए । राति सार्वजनिक भएको मतपरिणम अनुसार केन्द्रीय समितिमा महिला र पुरुष हाराहारीमै निर्वाचित भए । रास्वपाका ९९ केन्द्रीय सदस्य निर्वाचनबाट तय हुने विधानको व्यवस्था छ । बाँकी ५१ सदस्य सभापतिले मनोनित गर्नेछन् । बागमती प्रदेशतर्फ सबै निर्वाचित केन्द्रीय सदस्य सबै महिला छन् । नेपालको संविधान र राजनीतिक दलसम्बन्धी ऐनले पार्टीका हरेक कमिटीमा कम्तीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य गरेको छ।

भूगोलतर्फ ७५ प्रतिशतभन्दा बढी र खुला प्रतिस्पर्धामा समेत ४० प्रतिशत हाराहारी महिलाहरू निर्वाचित भएर आउनुले पार्टीको नीति निर्माणको केन्द्रमा महिला नेतृत्वको बलियो हस्तक्षेप स्थापित भएको सङ्केत गर्छ। रास्वपाको पूर्ण केन्द्रीय समिति १५८ सदस्यीय हुने व्यवस्था रहेकाले अब बाँकी ५१ जना मनोनीत गर्ने क्रममा पार्टीले समग्र जातीय र क्षेत्रीय समावेशिताको सन्तुलनलाई कसरी मिलाउँछ भन्ने चासोको विषय बनेको छ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline