मङ्लबार, अशोज ६, २०८३
Tuesday, September 22, 2026
Home Featured News कास्कीमा बजार अनुगमन तीव्र, अस्पतालका चमेनागृहदेखि किराना पसलसम्मलाई जरिवाना

कास्कीमा बजार अनुगमन तीव्र, अस्पतालका चमेनागृहदेखि किराना पसलसम्मलाई जरिवाना

by sambridhaonline

असार २० , पोखरा – कास्कीको पोखरा महानगरपालिका क्षेत्रभित्र जिल्ला प्रशासन कार्यालयले बजार अनुगमनमा तीव्रता दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बराल नेतृत्वको संयुक्त टोलीले १५ असारदेखि १९ असारसम्म बजार अनुगमन गरेको हो । टोलीले महानगरभित्रका अस्पतालका चमेनागृह, विद्यालयका चमेनागृह, होटल, रेष्टुरेन्ट, डिपार्टमेन्टल स्टोर र किराना पसलहरुमा निरीक्षण गरेको छ । अनुगमनका क्रममा गुणस्तरहीन र म्याद गुज्रिएका खाद्य सामग्री बिक्री गर्ने ८ वटा व्यवसायलाई ५०÷५० हजार रुपैयाँका दरले जरिवाना गरिएको छ ।

उपभोक्ताको स्वास्थ्यमा खेलवाड गरेको र बजार नियम उल्लंघन गरेको पाइएपछि प्रशासनले कडा कदम चालेको हो । अनुगमनका क्रममा मूल्यसूची नराखेको, व्याच नम्बर र उत्पादन मिति नखुलेका वस्तु बेचेको पाइएको छ । ‘विभिन्न बजार क्षेत्रको स्थलगत अनुगमनको क्रममा मूल्यसूची नराखेको, व्याच नम्बर, उत्पादन मिति, प्रयोग योग्य मिति र लेबल नभएका वस्तुहरू बिक्री वितरण गरेको पाइएको छ,’ प्रशासनले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । टोलीले सरसफाइमा ध्यान नदिने र व्यवसाय नवीकरण नगर्ने पसलहरुलाई समेत सचेत गराएको छ ।प्रशासनले १५ असारमा पोखरा ६ बैदामस्थित श्रीकृष्ण माडवारी रेष्टुरेन्टलाई ५० हजार रुपैयाँ जरिवाना ग¥यो । सोही दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको चमेनागृह चलाउने सुनिल क्यान्टिन तथा खुद्रा कपडा पसललाई पनि ५० हजार रुपैयाँ जरिवाना गरियो । उनीहरुले जरिवाना रकम बैंकमा दाखिला गरिसकेका छन् ।

मनिपाल शिक्षण अस्पतालको चमेनागृह सञ्चालन गर्ने न्युट्री किचन प्रालिलाई पनि ५० हजार रुपैयाँ जरिवाना भएको छ । न्युट्री किचनबाट ८ पिस भेज प्याट्रिज, १७ पिस चिकेन प्याट्रिज र १६ पिस बेकरीजन्य सामग्री नष्ट गरिएको छ । यी सामग्रीको बजार मूल्य ३ हजार ८ सय ६० रुपैयाँ रहेको थियो । मनिपाल अस्पतालकै अर्को चमेनागृह सर्वगुण फुड्स एण्ड किचनलाई पनि ५० हजार रुपैयाँ जरिवाना गरिएको छ । त्यहाँबाट २ हजार रुपैयाँ बराबरको ४७ पिस बेकरीजन्य सामग्री बरामद गरी नष्ट गरिएको छ । १६ असारमा बैदामस्थित गुड डे हस्पिटालिटी प्रालिलाई ५० हजार रुपैयाँ जरिवाना गरियो । सो ठाउँबाट ८ हजार ७ सय ४५ रुपैयाँ बराबरको १ सय १३ पिस बेकरीजन्य सामग्री नष्ट गरिएको छ । यद्यपि यो कम्पनीले जरिवाना रकम अझै बैंकमा जम्मा गरेको छैन ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline