असार २० , पोखरा – प्रहरीले जुवातास खेलिरहेको अवस्थामा बागलुङ नगरपालिका–३ चिप्लेटीबाट सात जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी रामेश्वर त्वातिका अनुसार शुक्रवार दिउँसोे जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।
प्रहरी निरीक्षक चिरञ्जिवी अधिकारीको नेतृत्वमा खटिएको प्रहरी टोलीले जुवातास खेलिरहेको घरमा छापा मारी घरधनी मुक्तबहादुर किसान, सोही ठेगानाका पदमबहादुर किसान, प्रेमबहादुर किसान, दीपक रुचाल, शुक्र आले र बागलुङ नगरपालिका-६ का श्यामबहादुर परियार तथा बागलुङ नगरपालिका-८ का कृष्ण खड्कालाई नियन्त्रणमा लिइएको हो ।
उनीहरूको साथबाट नगद रु. २० हजार ८३५ रुपैयाँ र १०६ पत्ती तास बरामद गरिएको प्रहरीले जनाएको छ ।