बिहिबार, साउन १४, २०८३
Thursday, July 30, 2026
Home Featured News मृत्यु भएको ४ महिनापछि इरानका दिवंगत सर्वोच्च नेता खामेनीको अन्त्येष्टि

मृत्यु भएको ४ महिनापछि इरानका दिवंगत सर्वोच्च नेता खामेनीको अन्त्येष्टि

by sambridhaonline

असार २६ , पोखरा – इरानका मारिएका सर्वोच्च नेता अली खामेनीलाई उनको मृत्यु भएको चार महिनाभन्दा बढी समयपछि देशकै सबैभन्दा पवित्र शिया तीर्थस्थलमा दफन गरिएको छ । इरानका दिवंगत सर्वोच्च नेता अली खामेनीलाई मृत्युको चार महिनापछि उनको जन्मस्थान मशहदस्थित इमाम रेजा दरगाहमा अन्त्येष्टि गरिएको छ ।

अन्त्येष्टिअघि आयोजित शवयात्रामा करिब एक करोड ५० लाखभन्दा बढी मानिस सहभागी भएको बताइएको छ भने प्रदर्शनकारीले अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध नाराबाजी गरेका छन् ।अन्तिम चरणमा भीड अत्यधिक बढेपछि ट्रक अघि बढ्न नसकेकाले खामेनीको कफिन हेलिकोप्टरमार्फत इमाम रेजाको दरगाह पुर्‍याइएको थियो । खामेनीले त्यहीँ दफन हुने इच्छा व्यक्त गरेका थिए । अमेरिका र इरानबीचको युद्धविराम पूर्ण रूपमा कार्यान्वयन हुन नसक्दा दुवै पक्षबीच पटक–पटक आक्रमण र प्रत्याक्रमणका घटना भइरहेका छन् ।

अमेरिकी हवाई आक्रमणको जवाफमा इरानले कुवेत, बहराइन, कतार र जोर्डनमा रहेका अमेरिकीसँग सम्बन्धित लक्ष्यहरूमा मिसाइल र ड्रोन आक्रमण गरेको थियो । यद्यपि पछिल्ला झडपका बाबजुद दुवै पक्षले फेरि पूर्ण स्तरको युद्ध सुरु गर्ने कुनै स्पष्ट संकेत नदिएको अलजजिराले जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline