सोमवार, अशोज ५, २०८३
Monday, September 21, 2026
Home Featured News विश्वकपको सेमिफाइनल समीकरण पूरा : चारवटै टोली पूर्वविजेता

विश्वकपको सेमिफाइनल समीकरण पूरा : चारवटै टोली पूर्वविजेता

by sambridhaonline

असार २८ , पोखरा – फिफा विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । फिफा वरीयतामा शीर्ष चारका टोली फ्रान्स, अर्जेन्टिना, स्पेन र इंग्ल्याण्ड नै सेमिफाइनलमा पुगेका हुन् ।

आज बिहान सकिएका दुई क्वाटरफाइनल खेलपछि सेमिफाइनल खेल्ने चारै टोलीको टुङ्गो लागेको हो । इंग्ल्यान्डले नर्वे र अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई हराएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो । अब फाइनलमा पुग्न साबिक विजेता अर्जेन्टिनाले इंग्ल्यान्डसँग खेल्दा अर्को खेल फ्रान्स र स्पेनबीच खेल हुनेछ ।

अर्जेन्टिना ३ पटकको विश्व विजेता हो भने फ्रान्सले २ तथा इंग्ल्यान्ड र स्पेनले १/१ पटक उपाधि जितेका छन् । पहिलो सेमिफाइनल खेल फ्रान्स र स्पेनबीच असार ३० गते मंगलबार मध्यराति पौने १ बजे हुनेछ । त्यस्तै इंग्ल्यान्ड र अर्जेन्टिनाको खेल असार ३१ गते बुधबार मध्यराति पौने १ बजे हुनेछ ।

विश्वकपको फाइनल खेल साउन ३ गते आइतबार राति पौने १ बजे अमेरिकाको न्युयोर्क न्यु जर्सी स्टेडियममा हुनेछ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline