बुधबार, साउन १३, २०८३
Wednesday, July 29, 2026
Home Featured News ३४ जिल्लामा बाढीको जोखिम, सावधानी अपनाउन आग्रह

३४ जिल्लामा बाढीको जोखिम, सावधानी अपनाउन आग्रह

by sambridhaonline

असार २९ , पाेखरा – आज काठमाण्डौ, ललितपुर र भक्तपुर सहित विभिन्न ३४ जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार काभ्रे, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, संखुवासभा, दोलखा, रामेछाप र सिन्धुलीमा बाढीको जोखिम छ ।

सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, तनहुँ, मकवानपुर, बारा, पर्सा, रौतहट, चितवन, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), पाल्पा, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा र कैलाली जिल्लामा पनि बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले बाढीको जोखिम क्षेत्रका नदी तथा खोलामा जलसतह बढ्न सक्ने भएकाले नदी किनारका बस्तीमा सावधानी अपनाउन आग्रह गरेको छ । नदी किनार, होचा भूभाग तथा डुबान हुन सक्ने क्षेत्रमा अनावश्यक आवतजावत नगर्न, मौसम तथा बाढीसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा हेर्न तथा स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न महाशाखाको आग्रह छ ।

निरन्तर वर्षा भइरहेकाले साना नदी तथा खोलामा आकस्मिक बहाव बढ्न सक्ने र केही ठाउँमा डुबान तथा कटानको जोखिम हुनसक्ने महाशाखाले चेतावनी दिएको छ ।सम्बन्धित जिल्लाका पालिका, सुरक्षा निकाय तथा विपद् व्यवस्थापन संयन्त्रलाई आवश्यक पूर्वतयारी तथा सम्भावित विपद्का घटनामा तत्काल उद्धार र राहतका लागि तयारी अवस्थामा रहन महाशाखाले अनुरोध गरेको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline