सोमवार, अशोज ५, २०८३
Monday, September 21, 2026
Home Featured News मर्दी हिमाल पदयात्राबाट फर्कने क्रममा हराएका तीन युवक सकुशल फेला

मर्दी हिमाल पदयात्राबाट फर्कने क्रममा हराएका तीन युवक सकुशल फेला

by sambridhaonline

साउन २१ , पोखरा – मर्दी हिमाल पदयात्राबाट फर्कने क्रममा कास्कीको माछापुछ्रे गाउँपालिका–९ बादलडाँडा नजिकको जंगलबाट सम्पर्क विहीन तीन युवकलाई सकुशल फेला पारिएको छ ।

पोखरा महानगरपालिका–१४ खसीबजारका अजित जिसी, युकेश गुरुङ र करण लामा आज बिहान अन्नपूर्ण गाउँपालिका–११ छुमरुङवेशीमा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बुधबार बिहान ८ः०० बजेदेखि उनीहरूको मोबाइल बन्द भएपछि घरपरिवारले खोजीका लागि प्रहरी समक्ष अनुरोध गरेका थिए ।

जंगलमा बाटो बिराएर अलपत्र परेपछि उनीहरूको खोजीमा नेपाली सेना, सशत्र प्रहरी बल, जनपद प्रहरी परिचालन गरिएको थियो ।

उनीहरूलाई मोदी खोलाको पारिपट्टि छुमरुङवेशीमा भेटिएको घान्द्रुक प्रहरी चौकीका प्रहरी नायब निरीक्षक राजेन्द्र पौडेलले जानकारी दिनुभयो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline