बुधबार, साउन २०, २०८३
Wednesday, August 5, 2026
Home Featured News विदेशी विमानस्थलबाट श्रमिक पठाउने थप ३९ म्यानपावरलाई कारबाही

विदेशी विमानस्थलबाट श्रमिक पठाउने थप ३९ म्यानपावरलाई कारबाही

by sambridhaonline

साउन २० , पोखरा – वैदेशिक रोजगार विभागको स्वीकृतिविना विदेशी विमानस्थल प्रयोग गरी श्रमिकलाई वैदेशिक रोजगारीमा पठाएका थप ३९ वटा म्यानपावरलाई कारबाही गरिएको छ । विभागले एक सूचना जारी गर्दै स्वीकृतिविना विदेशी विमानस्थलको प्रयोग गरी श्रमिकलाई वैदेशिक रोजगारीमा पठाएको भन्दै उनीहरूलाई ५० हजार रूपैयाँका दरले जरिबाना गरेको हो ।

वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२ अनुसार स्वदेशी विमानस्थल प्रयोग गरेर श्रमिकलाई पठाउनुपर्ने व्यवस्था छ । उक्त व्यवस्था कार्यान्वयन गरे/नगरेको विषयमा विभागले अनुगमन तथा अध्ययन गर्नका लागि २०८२ चैत १ देखि २०८३ जेठ ३१ गतेसम्म श्रम स्वीकृति लिइ वैदेशिक रोजगारीमा पठाएका श्रमिकको उडान विवरण माग गरेको थियो । उक्त विवरण नदिएका तथा अनुमति नलिइ विदेशी विमानस्थल प्रयोग गरेका कुल ५९८ म्यानपावरलाई विभागले कारबाही गरेको छ।

विवरण पेश नगरेका म्यानपावरलाई पुनः विवरण पेश गर्न यसअघि निर्देशन दिएको थियो । सोही आधारमा विवरण पेश गरेका तर, विदेशी विमानस्थल प्रयोग गरेर श्रमिकलाई पठाएका ३९ वटा म्यानपावर कारबाहीमा परेका हुन् ।

You may also like

Leave a Comment

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline