आइतवार, अशोज ४, २०८३
Sunday, September 20, 2026
Home Featured News भारतको राजधानी नयाँ दिल्लीमा १८औँ ब्रिक्स शिखर सम्मेलन शुरू

भारतको राजधानी नयाँ दिल्लीमा १८औँ ब्रिक्स शिखर सम्मेलन शुरू

by sambridhaonline

भदौ २७ , पोखरा – भारतको राजधानी नयाँ दिल्लीमा १८औँ ब्रिक्स शिखर सम्मेलन शुरु भएको छ । यो सम्मेलनमा १० वर्षपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङ भारतमा एउटै मञ्चमा सँगै देखिँदै हुनुहुन्छ । सन् २०२० को गलवान झडपपछि पहिलोपटक भारत भ्रमणमा जानुभएका चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्री मोदीबीच आज बेलुका बहुप्रतीक्षित द्विपक्षीय वार्ता हुँदैछ । भेटमा लामो समयदेखिको सीमा विवाद र व्यापार लगायतका ६ वटा ठूला मुद्दा सुल्झाउने प्रयास हुने बताइएको छ ।

विश्वको झण्डै आधा जनसङ्ख्या र अमेरिकाभन्दा तीन गुणा ठूलो अर्थतन्त्रको प्रतिनिधित्व गर्ने ११ सदस्य राष्ट्रको यस समूहले डलरको निर्भरता घटाउने रणनीति बनाएको छ । भारतको अध्यक्षतामा भइरहेको यस सम्मेलनमा स्थानीय मुद्रामा व्यापार र अन्तरदेशीय डिजिटल भुक्तानी प्रणालीको विस्तारमा विशेष जोड दिइनेछ । सम्मेलनको ‘साइडलाइन’मा प्रधानमन्त्री मोदीले इथियोपिया र मलेसिया लगायत विभिन्न देशका राष्ट्रप्रमुखहरूसँग शृङ्खलाबद्ध द्विपक्षीय वार्ता गर्दै हुनुुहुन्छ । ११ सदस्य राष्ट्रका अतिरिक्त १० साझेदार देशका नेताहरू समेत सहभागी हुने यस सम्मेलनलाई लक्षित गरी नयाँ दिल्लीको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline