आइतवार, अशोज ४, २०८३
Sunday, September 20, 2026
Home Featured News कृष्णभीरको अवरुद्ध सडक तीन दिनभित्र सञ्चालनमा ल्याउने तयारी

कृष्णभीरको अवरुद्ध सडक तीन दिनभित्र सञ्चालनमा ल्याउने तयारी

by sambridhaonline

भदौ २७ , पोखरा – त्रिशूली नदीमा आएको बाढीका कारण सडक भासिएपछि अवरुद्ध भएको कृष्णभीर सडक खण्ड तीन दिनभित्र यातायातका लागि सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।

नागढुङ्गा- मुग्लिङ सडक योजना (पश्चिम खण्ड) की योजना प्रमुख सजना अधिकारीका अनुसार भासिएको सडकको भित्तातर्फबाट नयाँ ट्र्याक निर्माणको काम सम्पन्न भइसकेको छ। अहिले नयाँ ट्र्याकलाई ग्रेड डाउन गरी सबग्रेड तयार पार्ने काम भइरहेको छ। सडक निर्माणका लागि आवश्यक उपकरण तथा निर्माण व्यवसायीको टोली परिचालन गरी कामलाई तीव्र पारिएको अधिकारीले जानकारी दिनुभयो । कामको आवश्यकता अनुसार उपकरणको सङ्ख्या घटबढ हुने गरेको र केही दिन अघिसम्म १२ वटासम्म उपकरण परिचालन गरिएको उहाले बताउनुभयो ।

शनिबार पहरो काट्ने काम सकिएपछि ग्रेड सुधारका लागि दुई वटा बुलडोजर र दुई वटा एक्साभेटर प्रयोग भइरहेका छन्। ग्रेड मिलाइसकेपछि रोलर थप गरी रोलिङको काम सुरु गरिने छ। सबग्रेड तयार भएपछि ग्राभेल बिछ्याउन थप दुई-तीन दिन लाग्ने अनुमान गरिएको छ। त्यसपछि दुई(तीन दिनभित्र कृष्णभीर सडकमा यातायात सञ्चालन गर्ने तयारी भइरहेको छ । त्रिशूली बाढीपछि पहिरो गएर सडक भासिएकाले कृष्णभीर क्षेत्रमा नयाँ ट्र्याक निर्माण गरी यातायात सुचारु गर्न सडक योजना कार्यालयले निरन्तर काम अघि बढाइरहेको छ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline