मङ्लबार, अशोज ६, २०८३
Tuesday, September 22, 2026
Home Featured News राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह आज न्यूयोर्क जाँदै

राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह आज न्यूयोर्क जाँदै

by sambridhaonline

असाेज ६ , पाेखरा – संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री वालेन्द्र शाह आज अमेरिकाको न्यूयोर्क जाँदै हुनुहुन्छ । महासभाको ८१औँ सत्रका उच्चस्तरीय बैठकमा सहभागी हुन उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लाग्नुभएको हो । गएको चैतमा प्रधानमन्त्रीमा नियुक्त शाहको यो पहिलो विदेश भ्रमण हो ।

उहाँले यही ९ गते बिहान महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । तीन दिन न्युयोर्कमा रहँदा उहाँले एउटा मात्रै द्विपक्षीय भेटवार्ता गर्ने तय भएको छ । प्रधानमन्त्रीले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेट गर्नुहुनेछ । सम्बोधनको भोलिपल्ट नै उहाँ स्वदेश फर्किने परराष्ट्रको भ्रमण कार्यक्रम तालिकामा उल्लेख छ ।

प्रधानमन्त्री शाहले गएको भदौ १० मा नेपाल–चीन सीमाक्षेत्रको भोटेकोशी नदीमा आएको बाढी र त्यसले पारेको असर तथा जलवायुजन्य चुनौतीबारे धारणा राख्ने तयारी छ । महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनाल न्यूयोर्क पुगिसक्नुभएको छ । परराष्ट्रमन्त्री खनाल असोज १३ गते मंगलबार स्वदेश फर्किनुहुनेछ । यसपटकको महासभामा नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेको क्षति, जलवायु न्याय, जलवायु वित्त तथा हिमाली क्षेत्रमा परेको प्रभावलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ ।

You may also like

Leave a Comment

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline