मङ्लबार, अशोज ६, २०८३
Tuesday, September 22, 2026
Home Featured News स्याङ्जामा दोहोरो नागरिकता लिने भाइ र सनाखत गर्ने दिदी धरौटीमा रिहा

स्याङ्जामा दोहोरो नागरिकता लिने भाइ र सनाखत गर्ने दिदी धरौटीमा रिहा

by sambridhaonline

असाेज ६ , पाेखरा – झुटो विवरण पेस गरी दोहोरो नागरिकता र राहदानी लिने व्यक्ति र उनका लागि सनाखत गर्ने दिदी अदालतको आदेशमा धरौटीमा रिहा भएका छन् । स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर २ बस्ने धनबहादुर थापाका ३६ वर्षीय छोरा मधु थापा र उनका लागि सनाखत गर्ने दिदी ४५ वर्षीया सपना थापा धरौटीमा छुटेका हुन् ।

स्याङ्जा जिल्ला अदालतको आदेशले प्रतिवादी मधु थापा २ लाख २५ हजार रुपैयाँ र सपना थापा १ लाख २५ हजार रुपैयाँ धरौटी बुझाएर छुटेका छन् । मधु थापाले जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट विसं २०६५ असार १९ गते नागरिकता नम्बर ४२२०२८÷३२४३३ को पहिलो नेपाली नागरिकता लिएका थिए । त्यसपछि उनले एसएलसीको नक्कली शैक्षिक प्रमाणपत्र बनाई झुटा विवरण पेस गरेका थिए । उनले नुनबहादुर थापालाई बुबा बनाई आफ्नो नाम कुशल थापा र जन्ममिति विसं २०४८ असार १६ गते कायम गराएका थिए ।

झुटा विवरणका आधारमा उनले विसं २०७२ साउन ४ गते नागरिकता नम्बर ४२२०२८/१०६२ को दोहोरो नागरिकता र सोही कार्यालयबाट ०९३७२८२८ नम्बरको राहदानीसमेत लिएका थिए । दोहोरो नागरिकता र राहदानी लिएको विषयमा कानुनी कारबाही माग गर्दै जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट प्राप्त पत्र जाहेरीका आधारमा प्रहरीले विसं २०८२ असार १५ गते नागरिकता र लिखतसम्बन्धी कसूरमा मुद्दा दर्ता गरेको थियो ।

अनुसन्धानका क्रममा प्रहरीले मधु थापालाई भदौ ८ गते र दोहोरो नागरिकता सनाखत गरिदिने उनकै दिदी सपना थापालाई भदौ ३१ गते पक्राउ गरेको थियो । प्रहरीले आवश्यक अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया पूरा गरी असोज ५ गते दुवै जनालाई अदालतमा पेस गरेको थियो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रमेशदत्त अवस्थीले भन्नुभयाे ‘अदालतमा पेस गरिएका दुवै प्रतिवादी धरौटी रकम बुझाएर रिहा भएका छन् ’ ।

You may also like

Leave a Comment

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline