शनिबार, अशोज १०, २०८३
Saturday, September 26, 2026
Home Featured News अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी र पहिरो, बागलुङमा एक जनाको ज्यान गयो

अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी र पहिरो, बागलुङमा एक जनाको ज्यान गयो

by sambridhaonline

असोज १० , पोखरा – बंगालको खाडीमा उत्पन्न न्यून चापीय प्रणालीको प्रभाव पूर्वी नेपालमा क्रमशः कम हुँदै गए पनि पश्चिम नेपालमा भने भोलिसम्म कायमै रहने भएको छ । मौसम विज्ञान विभागका अनुसार, विशेष गरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश ठाउँमा भोलि दिउँसोसम्म मध्यमदेखि मुसलधारे वर्षाको सम्भावना छ ।

पछिल्लो ६ घण्टामा कोशी र बागमतीमा हल्का वर्षामात्र भएको छ भने मधेश प्रदेशमा वर्षा भएको छैन । लगातार तीन दिनदेखिको वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी र पहिरोले ठूलो क्षति पुर्‍याएको छ भने एक जनाको ज्यान गएको छ । लगातारको वर्षापछि बागलुङको ताराखोला गाउँपालिका वडा नम्बर ५ मा पहिरोले घर पुरिँदा ५९ वर्षीय मनबहादुर रोकाको ज्यान गएको छ । नारायणी नदीको बाढी पसेर पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ जलमग्न भएपछि सशस्त्र प्रहरीले २९ जनाको सकुशल उद्धार गरेको छ ।

त्यस्तै, पूर्वी नवलपरासीको कावासोतीमा रहेको अमलटारी क्षेत्रमा नारायणीकै बाढी पस्दा दर्जनौँ घर डुबानमा परेका छन् । गण्डक ब्यारेजमा पानीको बहाव ३ लाख ७६ हजार ८०० क्युसेक पुगेर खतराको तह नजिक पुगेपछि ब्यारेजका सबै ढोका खोलिएका छन् । यस्तै, सप्तरीको तिलाठी कोइलाडीमा कोशी नदीको बाढी बस्तीमा पस्दा १७ घरपरिवार विस्थापित भई कोशी बाँधमा आश्रय लिइरहेका छन् । कालीगण्डकी नदीमा बहाव बढेपछि गुल्मीको रिडीका ७ घरपरिवारलाई सुरक्षित ठाउँमा सारिएको छ । वर्षाका कारण भौतिक संरचनामा पनि क्षति पुगेको छ ।

गोरखाको सहिद लखन गाउँपालिकाको राइनस बजार नजिकै खसेको पहिरोले २५ घरधुरी उच्च जोखिममा परेका छन् । वर्षाकै कारण कास्कीको घान्द्रुकमा रहेको प्रहरी चौकीको भवनमा पहिरोले क्षति पुर्‍याएको छ । सुर्खेतमा रुख र बिजुलीका पोल ढल्दा विद्युत् सेवा अवरुद्ध भएको छ । सुब्बाकुना–रामघाट र लम्की–बाबियाचौर ३३ केभी प्रसारण लाइनमा ठूलो क्षति पुगेकाले तत्काल विद्युत् सुचारु गर्न नसकिने प्राधिकरणले जनाएको छ ।

मौसमविद् रोजन लामिछानेले पूर्वी र पश्चिम दुवै भेगमा पहिरो र बाढीको जोखिम रहेकाले अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न र यात्रा गर्नै परे प्रहरीसँग बाटोको अवस्था बुझ्न आग्रह गर्नुभएको छ । पर्सि सोमबारदेखि भने देशभर मौसममा सुधार आउने भएकाले त्यसपछि मात्र नियमित काम तथा कृषिका योजना बनाउन सुझाव दिइएको छ ।

You may also like

Leave a Comment

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline