आइतवार, अशोज ११, २०८३
Sunday, September 27, 2026
Home Featured News सेतीको बहाव बढ्यो, रामघाटमा ताल बनेपछि उच्च सावधानी

सेतीको बहाव बढ्यो, रामघाटमा ताल बनेपछि उच्च सावधानी

by sambridhaonline

असोज ११ , पोखरा – निरन्तरको वर्षाले पोखराको मध्यभाग भएर बग्ने सेती नदीको रामघाटमा ताल बनेको छ । रामघाटमा साँघुरो निकासका कारण पानी सहजै बग्न नपाउँदा ताल बन्न पुगेको हो । रामघाटमा ताल बनेपछि उच्च सावधानीसहित निगरानी बढाएको कास्की प्रशासनले जनाएको छ । साथै प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह पनि गरेको छ ।

रामघाटमा पानीको सतह बढ्दै जाँदा नदी किनारमा रहेका पोखरामहानगरको वडा–९ र ११ का सुकुमवासी बस्ती, रामघाट, शान्तिघाट तथा बौद्ध गुम्बाका शवदाह गृहहरूसमेत जलमग्न भई जोखिममा परेका छन् । सुकुमवासी बस्तीमा सुरक्षाकर्मी परिचालन गरी सतकर्ता अपनाइएको र प्रहरीले निरन्तर निगरानी गरिरहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । हिजो बेलुका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङको नेतृत्वमा जिल्ला सुरक्षा समितिका पदाधिकारीले रामघाट वरपरको क्षेत्रको स्थलगत अनुगमन गरेका छन् ।

You may also like

Leave a Comment

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline