आइतवार, अशोज ११, २०८३
Sunday, September 27, 2026
Home Featured News पाल्पाको माथागढी–३ मा पहिरोले घर पुरिँदा ३ जना सम्पर्कविहीन

पाल्पाको माथागढी–३ मा पहिरोले घर पुरिँदा ३ जना सम्पर्कविहीन

by sambridhaonline

असोज ११ , पोखरा – पाल्पाको माथागढी गाउँपालिका–३ भैसकट्टामा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको अवस्था थाहा हुन सकेको छैन । आज बिहान ५ बजे घर माथिबाट पहिरो खसेको हो । पहिरोले घर पुरेपछि ७० वर्षीय लिलबहादुर घर्ती मगर, उहाँकी छोरीहरु १७ वर्षीया झरना र १५ वर्षीया दिना घर्ती सम्पर्कविहीन भएको वडाअध्यक्ष तेजबहादुर घर्ती मगरले जानकारी दिनुभयो ।

घर माथिबाट आएको ठूलो ढिस्कोसहितको पहिरोले घर नै देख्न नसक्ने गरी पुरेको छ । ठूलो ढिस्को र पहिरो आएकाले उद्धारमा समस्या भएको गाउँपालिकाका अध्यक्ष यम चिदीले बताउनुभयो । घटनालगत्तै सुरक्षाकर्मीको टोली खोजी तथा उद्धारमा खटिएका अध्यक्ष चिदीले जानकारी दिनुभयो ।

You may also like

Leave a Comment

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline