शुक्रबार, कार्तिक ७, २०८३
Friday, October 23, 2026
Home Featured News सुनसरीमा ट्रकबाट २ हजार ५६६ केजी गाँजा बरामद, चालक र सहचालक पक्राउ

सुनसरीमा ट्रकबाट २ हजार ५६६ केजी गाँजा बरामद, चालक र सहचालक पक्राउ

by sambridhaonline

असोज १९ , पोखरा – सुनसरीमा ट्रकबाट ठूलो परिमाणको गाँजा बरामद भएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना७ख १८२५ नम्बरको ट्रकबाट २ हजार ५६६ केजी गाँजा बरामद भएको सुनसरी प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बन्दागोभीले छोपेर ढुवानी गरिरहेको अवस्थामा ट्रकभित्रबाट ६३ वटा बोरामा उक्त परिमाणको गाँजा बरामद भएको हो । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनसरीको इनरुवा नगरपालिका-३ सखुवागाछीमा ट्रक चेक गर्ने क्रममा गए राति उक्त परिमाणको गाँजा बरामद भएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार ट्रक चालक धनकुटाको शहीदभूमि गाउँपालिका-२ का ३३ वर्षीय राजु राई र सोही ठाउँका सहचालक १८ वर्षी सन्दीप राईलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline