असोज १७ , पोखरा – मंशिरमा सुसम्पन्न हुने नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्र्तगत शनिवार कुश्मा नगरपालिका, वडा नं. ३ दुर्लुङ्गमा वडा अधिवेशन सम्पन्न भएको छ । नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका वमोजिम आश्विन १५ गते देशभर वडा अधिवेशन सम्पन्न गर्ने निर्णय भएता पनि केन्द्रको सहमतीमा वाढी पहिरो कारण आज देखि शुभारम्भ गरिएको हो । अधिवेशनले कुल प्रसाद पाध्याको सभापतित्वमा वडा कार्य समिति तथा विधान वमोजिम क्षेत्रीय प्रतिनिधी सर्वसम्मतीले चयन गरिएको छ । वडा कार्य समितिको दुई उपसभापतिमा याम वहादुर गुरुङ्ग तथा रेखा थापा गुरुङ्ग रहनु भएको छ । समितिको सचिवमा खडानन्द शर्मा, सहसचिव सुभाषचन्द्र पाध्या रहनु भएको छ । समितिका सदस्यमा पुष्पा परियार, शंकर वि.क., ऋषीराम शर्मा, विष्णु प्रसाद पोखरेल र सन्तोष गुरुङ्ग लगायत रहनु भएको छ ।
कार्यक्रममा प्रमुख अतिथिको आसनवाट वोल्दै नेपाली काँग्रेस पर्वतका पुर्व सभापति नवराज गुरुङ्गले आँफूहरुले पाटीको वृहत्तर एकताको लागि पाटीको विधान वमोजिम प्रक्रियागत महाधिवेशन गर्न लागेको वताउनु भयो । देशको राष्ट्रिय अस्तित्व खतरामा रहेको वताउदै राष्ट्रियता रक्षाको लागि सवै राजनैतिक शक्ति मिलेर अगाडी वढनु पर्ने वताउनु भयो । कार्यक्रममा विशिष्ट अतिथिको आसनवाट वोल्दै जिल्ला संयोजक याम वहादुर मल्लले पाटी एकताको विकल्प नरहेको भन्दै पाटी एकताको लागि मंशिरमा हुने महाधिवेशनलाई सफल वनाउनु पर्ने वताउनु भयो । उहाँले वडा अधिवेशनमा सहभागी भए पश्चात विभिन्न धाक धम्कि र दवाव आउन सक्ने भन्दै यहाँहरुको साथमा आँफूहरु रहेको भन्र्दै कत्तिपनि विचलित नहुन आह्वान गर्नु भयो ।
कार्यक्रममा विशिष्ट अतिथिको आसनवाट वोल्दै नेपाली कांग्रेसका नेता एवम् जिल्ला सल्लाहकार विश्व प्रकाश प्रसाई रेशम रामदाशले आफ्नो सभापति माथि सांघातिक हमाल हुँदा स्वास्थ्यलाभको कामनासम्म नगर्ने, निर्वाचन पश्चात महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक भए पश्चात विशेष महाधिवेशन आह्वान गर्नु, जसको कारण निर्वाचनमा लज्जाश्पद हार व्यहोर्नु परेको कारणले १४औं महाधिवेशनवाट निर्वाचित कार्य समितिले आह्वान गरेको महाधिवेशनको औचित्य प्रमाणित भएको वताउनु भयो । नेता प्रसाईले विशेष महाधिवेशनवाट निर्वाचित नेतृत्वलाई निर्वाचन आयोगवाट अभिलेखिकरण गर्ने निर्णयलाई सर्वोच्च अदालतको संयुक्त वेन्चवाट सदर गर्नु गम्भिर कानूनी त्रुती देखिएकोले सम्मानित सर्वोच्च अदालतको पुर्ण वन्चवाट पुनरावलोकनको निश्सा प्राप्त भएको वताउनु भयो । हालै निर्वाचन आयोगले मंशिरमा सम्पन्न हुने महाविधेशनको कार्यतालिकालाई अभिलेखमा राख्नुसंगै १४औं महाधिवेशनवाट निर्वाचित केन्द्रिय समितले आह्वान गरेको महाधिवेशनको वैधानिता प्रमाणित हुने वताउनु भयो । हरेक जनजनमा आध्यात्मिक चिन्तन र वैदिक सनातनी संस्कार विकास नभएसम्म समृद्धि संभव नभएको भन्दै नेपाली कांग्रेसले वैदिक सनातन धर्म रक्षाको लागि अव लाग्नुपर्ने र लाग्ने वताउनु भयो ।
कार्यक्रममा कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङ्गका वडा अध्यक्ष तेज प्रसाद पाध्याले नेपाली कांंग्रेसको आजको अधिवेशन, दुर्लुङ्गको भविस्यसंग जोडिएको वताउनु भयो । नेपाली कांग्रेसका पुर्व कोषाध्यक्ष कृष्ण शर्मा गौडेलले पाटीमा कोही पनि कसैको लास र दाश वन्न नपरोस भन्नको लागि वैधानिक महाधिवेशन शुरुवात गरेको वताउनु भयो । यसै गरी कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य मोहन आचार्यले सफलताको शुभकामना व्यक्त गर्नु भयो भने नेकपा एमाले दुर्लुङ्गका अध्यक्ष कृष्ण प्रसाद पोखरेलले शेर वहादुर देउवा राष्ट्रिय गौरव भएको वताउनु भयो । राष्ट्रिय स्वतन्त्र पाटी कुनपा–३ का प्रतिनिधी भिम प्रसाद शर्माले सवै पाटीमा ससाना मतभेदहरु विद्यमान रहे पनि नेपाली कांग्रेस एक हुन जरुरी रहेको वताउनु भयो । शैक्षिक सामाजिक व्यक्तित्व काशिराम पोखरेलले पर्वतको सन्दर्भमा जनताको दुःख सुखमा प्रत्यक्ष सहभागी नेताहरुले वडा अधिवेशनमा पाएको भन्दै जसले दुखमा साथ दिएको छ, राजनीतिमा पनि उसलाई साथ दिनुपर्ने वताउनु भयो । स्वतन्त्र विश्लेषक, सामाजिक व्यक्तित्व शालिकराम शर्माले नेपाली कांग्रेसको चारतारे झण्डा र रुख चिन्ह शेर वहादुर देउवाको कार्यसमितिले प्राप्त गर्ने कुरामा दुविधामा नपर्न अनुरोध गर्नुभयो ।
वडा अधिवेशन समूघाटन समारोह निवर्तमान वडा सभापति लेख वहादुर गुरुङ्गको सभापतित्व, वर्तमान सभापति कुल प्रसाद पाध्याको स्वागत, जिल्ला सदस्य गुप्तप्रताप सेनको धन्यवाद एवम् वर्तमान सचिव खडानन्द शर्माको सञ्चालनमा सम्पन्न भएको सामुदायिक रेडियो समृद्ध नेपालका स्टेशन म्यानेजर उत्तम प्रसाद अधिकारीद्वारा सम्पादित समाचारमा जनाइएको छ ।