शुक्रबार, कार्तिक ७, २०८३
Friday, October 23, 2026
Home Featured News बुढीगण्डकी बाढीबाट दुई सयभन्दा धेरै परिवार विस्थापित, राहत वितरण शुरु

बुढीगण्डकी बाढीबाट दुई सयभन्दा धेरै परिवार विस्थापित, राहत वितरण शुरु

by sambridhaonline

असाेज २६ पाेखरा – गोरखाको बुढीगण्डकी नदीमा हिजो आएको बाढीबाट गोरखा र धादिङका दुई सयभन्दा धेरै परिवार विस्थापित भएका छन् । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार गोरखाको चुमनुब्रीमा ४३, धार्चेमा ३९, आरुघाटमा ६४ तथा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा ५८ परिवार विस्थापित भएका छन् ।

बाढी प्रभावित क्षेत्रमा राहत वितरण पनि शुरु भएको प्राधिकरणले जनाएको छ । गोरखाको चुमनुब्री, धार्चे र आरुघाट तथा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा आवश्यक खाद्यान्न, लत्ताकपडासहितका अरु सामग्री पठाइएको प्राधिकरणको भनाइ छ । बाढीले ४५ घर पूर्ण र २७ घरमा आंशिक क्षति भएको छ । त्यस्तै, ३४ गोठ र बंगुरका १२ खोरमा क्षतिसँगै तीनवटा गाडी बगाएको छ । दर्जनौँ घर डुबानमा परेका छन्  । दुई पक्की पुल, एक बेलिब्रिज र दुई झोलुंगे पुल बगाएको छ भने चार जलविद्युत् आयोजना प्रभावित भएका छन् ।

बाढीमा पाँच व्यक्ति बेपत्ता भएको विवरण छ । नौै विदेशीसहित ८२ जनाको उद्धार भएको छ । बुढीगण्डकीको सहायक नदी स्यारखोला सुक्खा पहिरोले थुनिँदा बाढी आएको प्रारम्भिक निष्कर्ष छ । प्राधिकरणका अनुसार चुमनुब्री गाउँपालिका– ६, चुम्लिङनजिकैको उङ्गिलुङ खोलाबाट बहाब र गेग्य्रान आएर स्यारखोला थुनिएको थियो । स्यारखोला थुनिएर केही समयपछि फुट्दा बुढीगण्डकीमा लेदोसहितको बाढी आएको प्रारम्भिक आकलन रहेको प्राधिकरणले जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline