शुक्रबार, कार्तिक ७, २०८३
Friday, October 23, 2026
Home Featured News बागलुङ–पर्वत जोड्ने मालढुङ्गा पुल १५ दिनपछि सञ्चालनमा

बागलुङ–पर्वत जोड्ने मालढुङ्गा पुल १५ दिनपछि सञ्चालनमा

by sambridhaonline

असोज २६ , पोखरा – कालीगण्डकी नदीमा आएको बाढीले पहुँचमार्ग बगाएपछि अवरुद्ध बनेको बागलुङ–पर्वत जोड्ने मालढुङ्गा पुल १५ दिनपछि सञ्चालनमा आएको छ ।गएको असोज ११ गतेको बाढीले पुलको पर्वततर्फको बाटो बगाउँदा बागलुङसहित पश्चिम नेपालका विभिन्न जिल्लाको सीधा यातायात ठप्प भएको थियो । सडक डिभिजन कार्यालय, सुरक्षा निकाय र कामदारहरूको निरन्तर प्रयासपछि पहुँचमार्ग निर्माण गरी आज बिहानदेखि यातायात सञ्चालनमा ल्याइएको हो ।

दशैँका बेला पुल बन्द हुँदा यात्रुले सास्ती भोग्नुका साथै खाद्यान्नको मूल्य बढेको थियो । साथै प्रसिद्ध बागलुङ कालिका मन्दिर, ढोरपाटन र मुक्तिनाथ जाने तीर्थयात्री तथा पर्यटक नआउँदा यस क्षेत्रको व्यापार–व्यवसाय र होटल क्षेत्र सुनसान बनेको थियो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline