शनिबार, मंसिर १३, २०८३
Saturday, November 28, 2026
Home Featured News बाँकेमा रहेको अम्बे स्टिल कम्पनीमा आगलागी: ८ जना घाइते

बाँकेमा रहेको अम्बे स्टिल कम्पनीमा आगलागी: ८ जना घाइते

by sambridhaonline

कार्तिक १५, पोखरा – बाँकेको जानकी गाउँपालिका–५, बकसपुरमा रहेको अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा ८ जना घाइते भएका छन् । आगलागीमा घाइते हुनेमा बाँकेका ५ जना र भारतको बहराइच जिल्लाका ३ जना रहेका जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । कम्पनीभित्र फलाम पगाल्ने तीनवटा भट्टीमा बिहान साढे ५ बजेतिर विद्युत् सर्ट सर्किट भई आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रहरी टोली, सशस्त्र प्रहरी बल, स्थानीयबासिन्दा तथा दमकलको सहायतामा आगो निभाइएको छ । घाइतेमध्ये शिवप्रसाद चमार र रामदिन हरिजनलाई थप उपचारका लागि भारतको लखनउ रिफर गरिएको छ । अन्य घाइतेको भेरी अस्पताल, नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण संकलन भैरहेको प्रहरीको भनाइ छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline