शनिबार, मंसिर १३, २०८३
Saturday, November 28, 2026
Home Featured News १७ महिना कार्यकाल बाँकी छदैँ आईजीपी कार्की पदमुक्त , नयाँ आईजीपीमा डा. मनोज केसी नियुक्त

१७ महिना कार्यकाल बाँकी छदैँ आईजीपी कार्की पदमुक्त , नयाँ आईजीपीमा डा. मनोज केसी नियुक्त

by sambridhaonline

कार्तिक १८, पाेखरा – प्रहरीको ३३औँ महानिरीक्षक (आईजीपी)मा दान बहादुर कार्कीको जिम्मेवारी खोसिएको छ। बुधबार बसेको मन्त्रिपरिषद्ले कार्कीलाई जिम्मेवारीबाट हटाउँदै विशेष सुरक्षा सल्लाहकारमा सरुवा गरेको छ । नयाँ आईजीपीमा डा. मनोज केसी नियुक्त हुनुभएकाे छ ।

२०८२ कात्तिक २४ गते आईजीपी बनेका कार्कीले करिब १ वर्ष प्रहरीको नेतृत्व गर्नुभयाे । करिब १७ महिना कार्यकाल बाँकी हुँदै सरकारले उहाँको जिम्मेवारी खोसेको हो। जिम्मेवारी नखोसिएको भए कार्की ३० वर्षे सेवा अवधि पूरा गरेर अवकाशमा जादै हुनुहुन्थ्याे । गत वर्ष आईजीपी हुने प्रतिस्पर्धामा कार्कीसँगै उहाँका ब्याचमेट डा. मनोज कुमार केसी पनि हुनुहुन्थ्याे । कार्की २०५४ चैत १८ मा प्रहरी निरीक्षक(इन्स्पेक्टर)बाट प्रहरी सेवामा प्रवेश गर्नुभयाे ।

जेनजी प्रदर्शनको पहिलो दिन किशोरहरूको ज्यान जाने गरी गोली चलेपछि भोलिपल्ट उहाँलाई उपत्यका प्रहरी कार्यालयमा पठाइएको थियो। चुनौतीपूर्ण अवस्थामा प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभाग छाडेर उनी भदौ २४ गते उपत्यका प्रहरी कार्यालयमा हाजिर हुनुभएकाे थियाे।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline