शनिबार, मंसिर १३, २०८३
Saturday, November 28, 2026
Home Featured News भीमफेदीमा माइक्रोबस दुर्घटना : एकै परिवारका ६ सहित १४ जनाको ज्यान गयो

भीमफेदीमा माइक्रोबस दुर्घटना : एकै परिवारका ६ सहित १४ जनाको ज्यान गयो

by sambridhaonline

कार्तिक २६, पोखरा – मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनामा एकै परिवारका ६ सहित १४ जनाको ज्यान गएको छ । अरू ६ जना घाइते भएका छन् ।
काठमाण्डाैबाट सर्लाही जाँदै गरेको विद्युतीय माइक्रोबस आज बिहान मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ चिसापानीगढीमा सडकबाट झन्डै ७०० मिटर तल झरेको हो । माइक्राेबसमा चालकसहित २० जना सवार रहेका पाइएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो । दुर्घटनामा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलकी पुनम रायसहित उहाँको परिवारका ६ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेहरूमा सुन्दरपुरटोलका २५ वर्षीय सुवेक यादव, ८ वर्षीया शिक्षा यादव, ४ वर्षीया दीपिका कुमारी यादव, २५ वर्षीय सुबाेध यादव, ११ वर्षीया अनु राय यादव, १५ वर्षीय रोहन यादव, २७ वर्षीय राम दुलार राय यादव, ३० वर्षीय गुड्ड राय यादव, २७ वर्षीया गायत्री देवी यादव र २७ वर्षीया पुनम यादव रहेका छन् ।

त्यस्तै चालक सर्लाहीको कविलासी नगरपालिका–८ का ३० वर्षीय रवि शङ्कर कुमार मण्डलको पनि दुर्घटनामा ज्यान गएको छ । ३ जनाको पहिचान खुल्न बाँकी छ । दुर्घटनामा घाइते भएका ६ मध्ये ३ जना उपचारपछि हेटौँडा अस्पतालबाट डिस्चार्ज भएका छन् भने ३ जनालाई थप उपचारका लागि चितवन रिफर गरिएको छ ।

यस्तै आज बिहान भएको माइक्राेबस दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन भएको छ । मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलको संयोजकत्वमा समिति गठन भएकाे हाे । समितिले दुर्घटनाको कारण पहिचान गरी एक हप्ताभित्र प्रतिवेदन पेश गर्ने प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिनुभयाे । समितिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रमेश विष्ट, प्रहरी निरीक्षक उमाशङ्कर प्रसाद, प्रदेशको पूर्वाधार विकास कार्यालयका एक इन्जिनियर र बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका कानून अधिकृत सदस्य छन् । समितिले गाडीको क्षमताभन्दा धेरै यात्रु राखिएको वा नराखिएको, रुट इजाजत, चालकको अवस्था तथा सडकको भौतिक अवस्थाबारे छानबिन गर्नेछ । आउँदा दिनमा दुर्घटना न्यूनीकरणका लागि सम्बन्धित निकायले अपनाउनुपर्ने उपाय प्रतिवेदनमा समेटिनेछ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline