दार्चुला — ब्यास गाउँपालिका–४ डोकट गाउँको तल तुइनबाट खसेर महाकाली नदीमा एक बालक बेपत्ता भएका छन् । बिहीबार दिउँसोतिर नेपालबाट भारत जाने क्रममा डोकटका स्थानीय १० वर्षीय बालक दिपेन्द्र विष्ट तुइनबाट खसेर बेपत्ता भएको स्थानीयले बताएका छन् ।
ब्यास गाउँपालिका–४ खाल्नगर बस्तीमा बसोबास गर्ने डोकटस्थित मेलपाटा टोलका दिपेन्द्र कौनेणी तुइन तर्ने क्रममा खसेर बेपत्ता भएको ब्यास गाउँपालिकाका उपाध्यक्ष विनोदसिंह कुँवरले बताए । घटना बिहीबारको भएको भए पनि शनिबार मात्र सार्वजनिक रुपमा जानकारीमा आएको हो ।
प्रहरीले पनि उक्त घटनाबारे यकिन जानकारी नभएको जनाएको छ । प्रहरीलाई महाकालीमा तुइनबाट खसेर बेपत्ता भएको खबर बुझ्न फोन आउन थालेपछि अहिले सुन्सेरा प्रहरी चौकीबाट बेपत्ता बालकको घरमा प्रहरी पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशभर तुइन विस्थापित गरिसकेको घोषणा गरे पनि कतिपय पहाडी जिल्लामा ज्यान जोखिममा राख्दै तुइनको सहारामा नदी तर्नुपर्ने बाध्यता छ ।
इकान्तिपुर डटकमबाट ।







यसक्रममा कुश्मा नगरपालिका ८ का नेकपा एमालेका पार्टीको मुल नेतृत्वमा रहेका नेताहरु नेपाली काङ्ग्रेसमा प्रवेश हुनुभएको छ । प्रवेश गर्नेमा नेकपा एमाले चुवाका कार्यबाहक पार्टी अध्यक्ष हरि नारायण गिरी, नेकपा एमाले चुवाका सचिव रामचन्द्र परियार, ने क पा एमाले कुस्मा नगर सदस्य गणेश नेपाली,नेकपा एमाले चुवाको दलित मुक्ति समाजका अध्यक्ष उत्तम परियार,नेकपा एमालेमा आबद्ध मिलन परियार, टीकाराम पोख्रेल नेपाली काङ्ग्रेसमा प्रवेश गर्नुभएको छ । पार्टी प्रवेश गर्ने सबैलाई नेपाली काङ्ग्रेसका नेता एबम प्रतिनिधिसभाका उम्मेदवार अर्जुनप्रसाद जोशी, प्रदेश क का सभापति राजकुमार क्षेत्रीले नेपाली काङ्ग्रेसमा स्वागत गर्नुभयो ।
नेपाल प्रेस यूनियन पर्वतले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारले गाउँगाउँमा नागरिक सामू गरेका प्रतिबद्धता र नागरिकका अपेक्षाका बारेमा सूचना प्रवाह गर्ने उदेश्यले सूचना केन्द्र ‘ न्यूज डेस्क’ सञ्चालन गरेको छ । यूनियनले गठबन्धन दलमा आवद्ध सबै पत्रकार संगठनहरु लाई समेत सहभागी गराई हरेक वडा र बस्तीमा हुने चुनावी गतिविधि सहज र सरल रुपमा प्रचार गर्ने गरि सूचना केन्द्र स्थापना गरेको हो ।

कार्यक्रममा नेपाली कांग्रेस पर्वतका सभापति युवराज जोशी, उपसभापति शिव सुबेदी, कोषाध्यक्ष हेम शर्मा, सहसचिव एवं प्रवक्ता अच्युत तिवारी लगायत नेताहरु सहभागि थिए ।



