बिहिबार, बैशाख १७, २०८३
Thursday, April 30, 2026
Home Featured News पोखरामा मोटरसाइकल दुर्घटना:पर्वतका २० बर्षे युबक को ज्यान गयो

पोखरामा मोटरसाइकल दुर्घटना:पर्वतका २० बर्षे युबक को ज्यान गयो

by sambridhaonline

भदौ-१९,पोखरा । पोखरामा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । सो दुर्घटनामा एक युवक घाइते भएका छन् ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं १७ घारीपाटन बस्ने पर्वत कुश्मा नगरपालिका-१४ आर्थरका २० वर्षीय विश्वास विक छन् ।

विक सवार ग१५प ३२१ नम्बरको मोटरसाइकल पोखरा-१७ बिरौटास्थित सडकमा दुर्घटना हुँदा उनी गम्भीर घाइते भएका थिए । उनी मोटरसाइकल चालक हुन् ।

उनको नयाँबजारस्थित गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो प्रहरीले जनाएको छ ।

साथै दुर्घटनामा मोटरसाइकलकै पछाडि सवार घाइते एक युवकको जिएमसीमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकल अनियन्त्रित भएर सडकमै पल्टिएको थियाे ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline