बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News पोखरामा डेङ्गी सङ्क्रमण एक महिनामै ६ गुणाले बढ्यो

पोखरामा डेङ्गी सङ्क्रमण एक महिनामै ६ गुणाले बढ्यो

by sambridhaonline

असोज-०५,कास्की – कास्कीको पोखरा महानगरपालिकामा गएको भदौ पहिलो हप्तायता डेङ्गी सङ्क्रमण छ गुणाले बढेको छ । भदौको पहिलो हप्तासम्ममा सात सयको आसपास रहेको डेङ्गी सङ्क्रमितको सङ्ख्या बढेर चार हजार चार सय ३३ जना पुगेको महानगरको स्वास्थ्य महाशाखाले जनाएको छ ।महाशाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले सङ्क्रमितको सङ्ख्या तीन हजार एक सय पुग्न नदिने लक्ष्य लिएकोमा लक्ष्य पूरा गर्न नसकिएको बताउनुभयो । गएको वर्ष पोखरामा तीन हजार ७० जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको थियो ।

कात्तिक महिनासम्म सङ्क्रमणको जोखिम रहने भएकाले यो वर्ष सङ्क्रमितको सङ्ख्या अझै बढ्नसक्ने देखिएको रेग्मीले बताउनुभयो । यस वर्ष डेङ्गी सङ्क्रमणबाट पोखरामा तीन जनाको ज्यान गइसकेको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline