सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025
Home Featured News संविधान तथा राष्ट्रिय दिवसको अवसरमा विश्व प्रसाई वि.पी. फाउण्डेशन नेपालद्वारा अन्तरसंवाद कार्यक्रम आयोजना

संविधान तथा राष्ट्रिय दिवसको अवसरमा विश्व प्रसाई वि.पी. फाउण्डेशन नेपालद्वारा अन्तरसंवाद कार्यक्रम आयोजना

by sambridhaonline

२०८१ आश्विन ३- पर्बत,
संंविधान दिवस तथा राष्ट्रिय दिवस, २०८१ को पावन अवसरमा पर्वत कुश्मामा विहिवार एक अन्तर संवाद कार्यक्रम सम्पन्न भएको छ । विश्व प्रसाई वि.पी. फाउण्डेशन नेपालद्वारा आयोजित उक्त कार्यक्रममा पर्वत जिल्लामा क्रियाशिल प्रमुख दलका नेताहरु, सामाजिक संघसंस्थाका प्रमुख तथा सञ्चारकर्मीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै विश्व प्रसाई वि.पी. फाउण्डेशनका अध्यक्ष डा. विश्व प्रकाश प्रसाईले नेपालको संविधान विश्वकै अनुकरणीय संविधान हुँदा हुँदै कार्यान्वयनको पक्ष फितलो भएकोले जनताको असन्तुष्टी वढेको वताउनु भयो । डा. प्रसाईले संविधान शंसोधनको विषयले जनता देखि सदनसम्म प्रवेश पाएको सन्दर्भमा नागरीक तहवाट संविधान दिवसको अवसर पारेर संविधान शंसोधनको विषयवस्तुवारे वहश उठान गरिएको वताउनु भयो ।

अन्तर संवाद कार्यक्रममा वोल्दै नेपाली कांग्रेस पर्वतका उपसभापति डा. चुडामशी शर्माले तुलनात्मक रुपमा नेपाली कांग्रेसले भष्ट्रचार र भष्ट्रचारीको संरक्षण नगरेता पनि समग्रतामा देशका तीन ठूला दलको चरित्र एउटै रहेको वताउनु भयो । उहाँले संविधान शंसोधन भन्दा नेतृत्व सुधारिन जरुरी रहेकोमा जोड दिनु भयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र पर्वतका अध्यक्ष नुमनाथ भुर्तेलले नेपालको संविधानमा शंसोधन नगरी नहुने विषयवस्तु आँफुले नदेखेको भन्दै यदि गर्नेपर्ने भए प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पुर्ण समानुपातिक निर्वाचन पद्धतीलाई आत्मासाथ गर्न सकेमा देशमा समृद्धीको मार्ग खुल्ने वताउनु भयो । पाटीमा आधा दशकसम्म एउटै नेतृत्व रहने गलत प्रवृत्तीले जनतामा असन्तुष्टी वढेको उहाँको भनाई थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य गणेश वहादुर क्षेत्रीले समानुपातिक पद्धतीले राजनीतिमा विकृती र वितिष्णा वढेको वताउनु भयो भने नेकपा एमालेका जिल्ला सदस्य जगन्नाथ पौडेलले आरक्षणलाई सिमित गर्नुपर्नेमा जोड दिनु भयो । यसै गरी कांग्रेस महासमिति सदस्य कुलप्रसाद उपाध्यायले सवैपाटीको नेतृत्व जनमुखी नभएको वताउनु भयो भने नेपाली कांग्रेस कुश्मा नगर समितिका उपसभापती कमलकान्त पाध्याले न्याए क्षेत्रमा राजनीतिक हस्तक्षेत्र वढेकाले जनताले न्याए नपाएको गुनासो गर्नु भयो । नगर सचिव आरसी पौडेलले संविधानप्रति आफ्नो सन्तुष्टी रहेको तर कार्यान्वयनको वागडोर सम्हाल्ने दल र नेतृत्वप्रति आपत्ति रहेको वताउनु भयो । नेका फनपा चारका कावा सभापति युवनाथ रेग्मीले संविधान शंसोधन मार्फत नेपाललाई हिन्दु राष्ट वनाउनुुपर्ने माग राख्नु भयो । नेपाल विद्यार्थी संघका पुर्व केन्द्रिय सदस्य मोहन आचार्यले विषय उठान गर्नु भएको कार्यक्रममा मानव अधिकार सञ्जालका अध्यक्ष माधव पौडेल, नेपाल पत्रकार महासंघ पर्वतका सहसचिव दिपेश वि.पोखरेल, अनेराश्ववियु क्रान्तिकारी पर्वतका अध्यक्ष सन्तोष चापागाई, रोटरी क्लव अफ पर्वतका निवर्तमान अध्यक्ष योगराज गिरी, इनरह्वील क्लव अफ पर्वतका अध्यक्ष सरिता भुषाल, राष्ट्रीय लोक तथा दोहोरी गित प्रतिष्ठान पर्वतका अध्यक्ष पुर्जा कार्की शर्मा, शाख नेपाल अनलाईनका प्रकाशक अर्जुन थापा लगायतले संविधानले राष्ट्रिय समृद्धीका धेरै विषयलाई संवोधन गरेको तर कार्यान्वयन पक्ष अत्यन्त कमजोर रहेकोले देशका मुख्य दल र तीनको नेतृत्वको सोच र कार्यशैलीमा परिवर्तन आउनुपर्नेमा जोड दिनु भयो ।

अन्तर संवाद कार्यक्रममा नेष्डो समृद्धका अध्यक्ष सावित्री खत्री क्षत्रेी, व्यवस्थापन सदस्य युधिष्ठिर भुषाल, कमलप्रसाद शर्मा, इश्वरी प्रसाद शर्मा, कलाकार सुदिप क्षेत्री, विद्यार्थी नेता सन्दिप नेपाली र राज कुमार वि.क., सामाजिक व्यक्तित्व वलराम उपाध्याय, इनरह्वील सदस्य मायाँ पुरी, लक्ष्मी उपाध्याय लगायतले संविधानका विविध सवालहरुका साथ अन्तरक्रियामा सहभागी हुनु भएको थियो ।

संविधान दिवसको अवसरमा विश्व प्रसाई वि.पी. फाउण्डेशनद्वारा आयोजित यस अन्तरसंवाद कार्यक्रमको अध्यक्षता फाउण्डेशनका अध्यक्ष एवम् नेपाली कांग्रेसका युवा नेता डा. विश्व प्रकाश प्रसाइले स्वागत फाउण्डेशनका सदस्य उत्तम प्रसाद अधिकारीले र धन्यवाद सञ्चालक रत्न प्रसाद अधिकारीले गर्नु भएको रेडियो समृद्ध नेपालका सहकर्मी खिममायाँ पाईजा गिरीद्वारा प्रेषित समाचारमा जनाइएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
पोखरा–१७, ड्यामसाईड ।

प्रवन्ध निर्देशकः

वि.पी. प्रसाई

व्यवस्थापकद्वयः

लक्ष्मी कुमारी मेधासी प्रसाई,
सावित्री खत्री क्षेत्री लामिछाने

कार्यकारी सम्पादकः

उत्तम प्रसाद अधिकारी

सम्पादकः

रविन कार्की  

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline