सोमवार, बैशाख ७, २०८३
Monday, April 20, 2026
Home Featured News पोखरामा अवैध गहनासहित चन्द्रभूषण पक्राउ, कार्वाहीका लागि ललितपुर पठाइयो

पोखरामा अवैध गहनासहित चन्द्रभूषण पक्राउ, कार्वाहीका लागि ललितपुर पठाइयो

by sambridhaonline

असोज १५,पोखरा- अवैधरुपमा चाँदीका गरगहना ओसारपसार गर्ने एक भारतीय नागरिकलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा भारत पूर्वी चम्पारण जिल्ला सुगौलीथाना वडा नं. १० घर भइ हाल पोखरा महानगरपालिका वडा नं. ९ नयाँबजार बस्ने ३५ बर्षीय चन्द्रभूषण प्रसाद रहेका छन् ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले पृथ्बी राजमार्गमा पोखरा आउँदै गरेको बस चेकजाँच गर्दा उनी गहनासहित पक्राउ परेका थिए ।

उनको साथबाट बुट्टावाला पाउजु एक सय ४० थान, झल्लार पाउजु एक सय ९२ थान, सादा पाउजु एक सय २५ थान, चन्द्रमा पाँच थान, साडी पिन ११ थान, पाउजुको लक हुक चार सय ९८ थान गरी कुल पाँच किलो छ सय ९० ग्राम तयारी गहना र एक थान मोवाईल सेट बरामद भएको छ ।

सो गहनाका प्रमाण खुल्ने कुनै कागजात तथा बिलसमेत नभएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनीमाथि थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएकोको डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline