सोमवार, बैशाख ७, २०८३
Monday, April 20, 2026
Home Featured News बाढीपहिरोबाट २१ जिल्ला प्रभावित, १७ अर्बको क्षति: २ सय २४ को मृत्यु, २४ जना अझै बेपत्ता

बाढीपहिरोबाट २१ जिल्ला प्रभावित, १७ अर्बको क्षति: २ सय २४ को मृत्यु, २४ जना अझै बेपत्ता

by sambridhaonline

असोज १५,पोखरा – बिहीबारदेखि आइतबार साँझसम्म परेको वर्षाका कारण उत्पन्न बाढीपहिरोबाट १७ अर्बको क्षति भएको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबामा पत्रकार सम्मेलन गर्दै मुख्यसचिव एकनारायण अर्यालले जानकारी दिनुभयो । उनले बाढी पहिरोबाट २१ जिल्ला प्रभावित भएको बताउनुभयो ।

सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धादिङ, काठमाडौं, ललितपुर, सिन्धुली, मकवानपुर बढी प्रभावित भएको उहाले बताउनुभयो।

यस्तै, बाढीपहिरोबाट २ सय २४ जनाको मृत्यु, २४ जना बेपत्ता रहेको मुख्यसचिव अर्यालले जानकारी दिए । प्राकृतिक विपदमा परी १ सय ५८ जना घाइते भएको र सरकारले ४ हजार ३ सय ३१ जनाको उद्धार गरेको बताउनुभयो । विपद्पछि खोज तथा उद्धारका लागि ३० हजार ७ सय ३१ प्रहरी परिचालन गरिएको उहाको भनाई थियो ।

बाढी पहिरोले भौतिक पूर्वाधारतर्फ खानेपानीका संरचनामा ३ अर्ब ५५ करोड, सडक संरचनामा २ अर्ब ५२ करोड, ऊर्जाका पूर्वाधारमा ४ अर्ब, सिँचाइका पूर्वाधारमा एक अर्ब रुपैयाँ बराबर क्षति पुगेको उनले बताउनुभयो । बाढीपहिरोपछि ३७ राजमार्ग अवरूद्ध भएकोमा ९ वटा सञ्चालनमा आइसकेको उनले जानकारी दिनुभयो ।
ऊर्जातर्फ १६ वटा जलविद्युत आयोजनाहरूमा क्षति पुगेको उनले बताऊनुभयो । कुल १ हजार १ स ३९ मेगावाट क्षमताका १८ वटा निर्माणाधीन जलवियुत परियोजनामा पनि क्षति पुगेको उनले बताउनुभयो ।

त्यस्तै केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म दुई सय २४ जनाको मृत्यु भएको छ भने २४ जना बेपत्ता छन् । प्राकृतिक विपद्मा १ सय ५८ जना घाइते भएका तथा उच्च जोखिममा रहेका ४ हजार ३ उय ३१ जनालाई उद्धार गरी सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ ।

बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको पनि उनले जानकारी दिनुभयो। बाढी प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline