कार्तिक २,पोखरा – सामाजिक शैक्षिक व्यक्तित्व गोविन्द प्रसाद अधिकारीको १३औं पुण्य तिथिमा शुक्रवार पोखरा फुलवारीमा एक शोकसभा सम्पन्न भएको छ । उमाकान्त प्रतिष्ठान, वलेवा वाग्लुङ्ग र अधिकारी समाज, फुलवारीद्वारा संयुक्त रुपमा सो शोकसभाको आयोजना गरिएको हो ।
शोकसभामा वोल्दै नेपाली कांग्रेस कास्कीका निवर्तमान सभापति कृष्ण के.सी.ले कास्कीको चितेपानी लगायतको ग्रामीण क्षेत्रको समाजिक विकास एवम् राजनीतिक परिवर्तनमा अधिकारी वन्धुहरुको ऐतिहासिक योगदान रहेता पनि हालका सन्ततीले पुर्खाको विरासत वचाउने तर्फ ध्इान नदिएको दुखेसो पोख्नु भयो । वढदो शहर पलायनसंगै गाँउ शुन्य हुँदै आएको भन्दै उहाँले देशका विभिन्न ठाँउमा योगदान गर्ने अधिकारीहरुले आफ्नो पैत्रिक थलोलाई भुल्न नहुनेमा जोड दिनु भयो । स्वर्गिय गोविन्द पौडेललाई एक आध्यामिक संस्कार, मानवीय सेवा भावना भएको विकासप्रेमी व्यक्तित्वलाई चित्रण गर्दै उहाँको निधनमा आँफु भावविहल भएको भन्दै दिवंगत आत्माप्रति हार्दिक श्रद्धान्जली एवम् शोकाकुलजनमा हार्दिक समावेदना व्यक्त गर्नु भयो ।
शोकसभामा वोल्दै नेपाली कांग्रेस पर्वतका नेता डा. विश्व प्रकाश प्रसाईले मृत्यु अनिवार्य सत्य भए पनि मृत्यूको अर्थ हुने गरी जीवनमा असल कार्य गर्नुपर्ने वताउनु भयो । आफ्नो सामाजिक योगदानसंगै असल सन्ततीको भुमिकाले पनि मृत्यू पश्चात इज्यत र प्रतिष्ठान प्राप्त हुने भन्दै स्वर्गिय अधिकारीको सन्तती र कुलकुटुम्वहरुको सामाजिक योगदानको सह्राना गर्नु भयो ।
शोेकसभाको आयोजक संस्था उमानाथ प्रतिष्ठानका विशिष्ट सदस्य रत्नमान गुरुङ्गले वाग्लुङ्ग जिल्लामा स्थापना भएर शैक्षिक तथा सामाजिक क्षेत्रमा क्रियाशिल उमानाथ प्रतिष्ठानका संस्थापक सचिव वरिष्ठ अधिवक्ता मुकुन्द शर्मा पौडेलको ससुरावुवाको निधनवाट सिङ्गो प्रतिष्ठान मर्माहत भएको भन्दै उहाँको सामाजिक योगदानको कदर स्वरुप सो शोकसभाको आयोजना गरिएको वताउनु भयो ।
शोकसभामा अधिकारी वन्धुहरुकोे गोत्रिय गतिविधीहरुको वारेमा रुद्रनाथ अधिकारी, अधिकारी वन्धुहरुले समाजमा पु¥याएको योगदानको वारेमा वडा अध्यक्ष माधव वाँस्तोला, अधिकारी वन्धुहरुको सम्वन्ध विस्तारको वारेमा निर्मल प्रसाद गौतम, स्वर्गिय अधिकारीको शैक्षिक, सामाजिक योगदानको वारेमा मुक्ती अधिकारी लगायतले शोक मन्तव्यका साथ चर्चा गर्नु भएको थियो ।
अधिकारी समाजका जेष्ठ व्यक्तित्व ज्ञानेन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न शोकसभामा वावुराम अधिकारीले स्वर्गिय अधिकारीको जीवनी प्रस्तुत गर्नु भएको थियो भने आयोजक संस्था उमानाथ प्रतिष्ठानका संस्थापक सचिव वरिष्ठ अधिवक्ता मुकुन्द शर्मा पौडेलले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।