बिहिबार, बैशाख १७, २०८३
Thursday, April 30, 2026
Home Featured News रवि लामिछानेविरुद्ध चितवनमा पूरक अभियोग दायर

रवि लामिछानेविरुद्ध चितवनमा पूरक अभियोग दायर

by sambridhaonline

माघ २२,पोखरा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध चितवनमा पूरक अभियोग दायर भएको छ ।

सहारा चितवन बहुउद्देश्यीय सहकारी ठगीमा संलग्न रहेको भन्दै लामिछानेसहित थप १५ जनाविरुद्ध चितवन जिल्ला अदालतमा पूरक अभियोग दायर भएको हो । लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशीलगायतविरुद्ध मुद्दा दायर भएको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिनुभएको छ ।

सहारा सहकारी ठगीमा गएको असोज ८ गते सहकारीका संस्थापक गितेन्द्रबहादुर (जीबी) राईलाई मुख्य अभियुक्त बनाउँदै १७ जनाविरुद्ध मुद्दा दायर भइसकेको छ ।

सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको आरोपमा रविविरुद्ध काठमाण्डौ, चितवन, रुपन्देही, कास्की र पर्साबाट पक्राउ पुर्जी जारी भएको छ । कास्की, काठमाण्डौ र रुपन्देहीका जिल्ला अदालतले उनलाई धरौटीमा छाड्न आदेश दिएका छन् ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline