बिहिबार, बैशाख १७, २०८३
Thursday, April 30, 2026
Home Featured News स्याङ्गजामा आफैले लगाएको कपडामा आगो सल्किँदा एक वृद्धको मृत्यु

स्याङ्गजामा आफैले लगाएको कपडामा आगो सल्किँदा एक वृद्धको मृत्यु

by sambridhaonline

माघ २२,पोखरा – आफैंले लगाएको कपडामा आगो सल्किँदा जलेर एक वृद्ध महिलाको मृत्यु भएको छ । खाना पकाउने क्रममा अचानक लगाएको कपडामा आगो सल्किँदा जलेर उनको मृत्यु भएको हो ।

मृत्यु हुनेमा गल्याङ नगरपालिका – १ तुलसीभञ्ज्याङ् बस्ने ७१ वर्षीया चित्रकला अर्याल रहेकी छन् ।

गए राती खाना पकाउने क्रममा अचानक लगाएको कपडामा आगो सल्किँदा अर्यालको शरीरको ५० प्रतिशत भाग जलेको र उनलाई राती नै उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए ।

त्यहाँ उपचार पश्चात् अर्याललाई थप उपचारका लागि मंगलबार बिहान मिसन अस्पताल पाल्पामा रिफर गरिएको र उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको डिएसपी पौडेलले बताए ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline