सोमवार, अशोज ५, २०८३
Monday, September 21, 2026
Home Featured News रवि लामिछानेलाई जिल्ला अदालत चितवनले हिरासतमा पठायो

रवि लामिछानेलाई जिल्ला अदालत चितवनले हिरासतमा पठायो

by sambridhaonline

माघ २३,पोखरा – जिल्ला अदालत चितवनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई हिरासतमा पठाएको छ ।

सहारा बचत सहकारीको थुनछेक बहस नसकिएपछि जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा पठाइएको हो । उनको मुद्दा अहिले हेर्दाहेर्दैमा छ ।

अदालतले लामिछानेलाई भोलि बिहान १० बजे अदालतमा उपस्थित गराउने गरी जिल्ला प्रहरी कार्यालय चितवनको न्यायिक हिरासत पठाएको हो ।

आजै अदालतमा उपस्थित भएका लामिछानेको बयान सकेर थुनछेक बहस शुरू भएको हो । यसअघि बुटवलमा रहेको सुप्रिम सहकारी संस्थाको मुद्दा रुपन्देही जिल्ला अदालतमा दर्ता हुँदा माघ ९ गते उनलाई परिवार र वकिलको जिम्मामा छाडिएको थियो । परिवारको जिम्मामा छाडिएपछि सरकारी वकिलहरूले असन्तुष्टिसमेत जनाएका थिए ।

त्यसअघि काठमाण्डाै जिल्ला अदालतले पनि स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको थुनछेक जारी रहँदा लामिछानेलाई हिरासतमै पठाएको थियो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline