शनिबार, बैशाख २६, २०८३
Saturday, May 9, 2026
Home Featured News सुप्रिम सहकारी प्रकरणमा पूर्व डीआईजी जोशी पुर्पक्षका लागि कारागार चलान

सुप्रिम सहकारी प्रकरणमा पूर्व डीआईजी जोशी पुर्पक्षका लागि कारागार चलान

by sambridhaonline

माघ २९,पोखरा – बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवम् नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीलाई रूपन्देही जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ ।

हिजो अदालतमा उपस्थित भएका जोशीलाई न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । जिल्ला अदालतका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीका अनुसार थप प्रमाण पछि बुझ्दै गए अनुसार हुनेछ ।

यसअघि जोशी पोखराको सूर्यदर्शन सहकारी ठगीमा ८८ लाख रुपैयाँ र काठमाण्डौको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा ५० लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए । उनीविरुद्ध चितवनको साहारा सहकारी ठगीमा पनि मुद्दा दर्ता भएको छ ।

सुप्रिम सहकारी ठगीमा मुद्दामा रवी लामिछानेलाई न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले धरौटीमा छोड्ने आदेश गरेको थियो । अदालतले लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

सुप्रिम सहकारी ठगीमा लामिछानेसहित २२ जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिल कार्यालयले पूरक अभियोग दर्ता गरेपछि लामिछाने र जोशी अदालतमा उपस्थित भएका हुन् । अन्य प्रतिवादी अझै फरार छन् । पूरक अभियोगमा ५५ करोड रुपैयाँ बिगो कायम गरिएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline